काठमाडौं । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।
उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएका हुन । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।
उच्चा अदालत पोखराको ३ नम्बर इजालसलमा मुद्धा रहेको थियो । उक्त इजालसमा ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनी रहेका छन् ।
नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । नाम परिर्वतन त कुमारले नालिकामाथी जवजस्ती करणीगरेको तनहुँ जिल्ला अदालतमा मुद्धा परेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-