रोकिएको ७ घण्टा पछी पोखरामा मत गणना सुरु भएको पोखरा महानगरपालिका मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले जानकारी दिए ।
पोखरामा महानगरपालिका १८ मा मतपत्र नपुगेपछी मत गणना रोकिएको थियो । एमालेले पुन मत गणना माग राख्दै पोखरा २२, ३२, ३३ को जारी मतगणना रोकेको थियो ।
एमालेको प्रतिनिधी मत गणना स्थलमा नभए पनि मत गणना सरु भएको हो । यता नेपाली कांग्रेसले पनि १७ र १ को कांग्रेसले पुन मत गाणना गरि पाउँ निवेदन दिएको छ ।
अहिले पोखरा १८ को विषयलाई थाती राखेर रोकीएका अन्य वडाको मत गणना सुरु भएको हो । रोकीएको ७ घण्टा पछी पोखराको मत गणना सुरु भएको हो ।
अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मत गणना भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ३ हजार ८ सय १५ मत गणना गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-