पर्वत । जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका ६ तिलाहारका ३७ वर्षीय बिकास लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछानेले जबरजस्ती करणी गर्न खोजेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी पेश गरेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी उद्योग मुद्दा शिर्षकमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-