देशमै सुरक्षित गढको रुपमा मानिएको पोखरा महानगरपालिकाको मत गणना यतिबेला रोकिएको छ । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकाको वडा २२,३२ र ३३ को मत गणना अन्तिम चरणमा पुगेको छ ।
अन्तिम मत परिणाम सार्वजानिक हुन केहि मत मात्रै गणना बाकीँ रहँदा २२,३२ र ३३ बाट नेकपा एमालेका प्रतिनिधि बाहिरीदाँ मत गणनामा बाधा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको सचिवालयले बारम्बार मतगणनाका लागि एमाले प्रतिनिधिलाई बोलाइरहेका छन् । तर, एमालेका प्रतिनिधि भने अझै आएका छैनन् । ३ वटै वडामा नेपाली कांग्रेस अघि रहेको छ । वडा २२ मा १० मत नपुगेको भन्दै पुन मतगणनाको माग समेत गरेका छन् ।
वडा १८ मा कांग्रेसले ३ मतले जित हासिल गरेको छ । अन्य वडामा भने समस्या नरहेपनि उनीहरु अनुपस्थित भइदिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले पटक पटक सुचाना समेत जारी गरेको छ । पुनः मत गणना नभएसम्म अन्य मतगणना स्थलमा समेत पार्टीका प्रतिनिधि नजाने पोखरा महानगर कमिटि सचिव जिवन आचार्यले बताए । उनीहरु पार्टीर्क निर्देशनमा मत गणनास्थलबाट बाहिरीएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-