पोखरा महानगरपालिका १८ र ३१ मा खसेको मत र मत गणना गर्दा मतपत्र नपुगेपछी विवादीत बनेको छ ।
पोखरा १८ को पनि ६ मतपत्र हराएको छ । पोखरा १८ मा ४ हजार ३ सय ४८ मत खसेको थियो । उक्त वडामा मत गणनको क्रममा ४ हजार ३ सय ४२ मत मात्र भेटिएको माओवादी केन्द्र पोखरा १८ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिना बताउछन ।
उक्त वडामा कांगे्रसका उम्मेदवार शिव प्रसाद तिमिल्सिनालले १ हजार ६ सय ४३ मत पाएका थिए । उनका प्रतिशप्रधी १ हजार ६ सय ४० मत पाएका थिए । तिमिल्सिनाले ३ मत अन्तरले मात्र जितेका हुन । उक्त वडामा माओवादी केन्द्रका् तर्फबाट उम्मेदवारी दिएका राजु शर्मा मिमिसिल्नाले ७ सय २ मत पाएका छन् ।
पोखरा महानगरपालिका ३१ मा पुन मतगणनाको माग गरिएको छ । उक्त वडामा खसेको मतपत्र र गणना गर्दा केही मतपत्र पुगेन भन्दै एमालेले पुन मतगणनको माग गरेको हो ।
वडाध्यक्षको उम्मेदवार चिरन्जीवी बञ्जराले पुन मतदानको माग गर्दै मुख्य निर्वाचन कार्यालय पोखरामा निवेदन दिएका हुन । मुख्य निर्वाचन कार्यालयले निवेदनमा रित नपुगको भन्दै फकाएका थिए ।
नेकपा एमाले पोखरा महानगरपालिका सचिव जिवन आचार्यलय मंगलवार पुन मतदानको माग गर्ने निवेदन दिने बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको तथ्याङ्क अनुसार खसेको मत ६ हजार ३ सय ६६ मतदाता रहेका छन् । उक्त वडामा हजार ४ सय ८१ मत खसे पनि ४ हजार ४ सय ७८ मत गणना भएको छ । जस मध्य ३ मत हराएको देखिन्छ ।
मत गणनाको सम्पन्न पछि मतपत्र नपुगको भन्दै एमाले पक्षका प्रतिनिधी पुन मत गणना गर्न माग गरेको हुन । एमालेका प्रतिनिधीले मतगणना सम्पन्न भएको मुचुलकामा हस्ताक्षर गरेका छैनन ।
उक्त वडामा एमालेले १ सय ३१ मतले एमाले पछाडी रहको छ । कांग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका ढकनाथ कडेल १ हजार ८ सय ९८ ल्याएका थिए ।
एमालेबाट उम्मेदवारी दिएका चिरन्जीवी बञ्जराले उम्मेदवारी दिएका थिए । उनले १ हजार ७७ सय ३७ मत मात्र पाएका छन् ।
अहिलेसम्मको गणना अनुसार महिला वडा सदस्यमा एमालेकी धनदेवी तिवारी, दलित महिला सदस्यमा तारा नेपाली, खुल्ला सदस्यमा देवेन्द्र राज अधिकारी र विनोदमणी लामिछाने चयन भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-