काठमाण्डौ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले ३ सय २२ स्थानीय तहमा जित हासिल गरेको छ भने ४ स्थानमा अगाडि रहेको छ ।
नेकपा एमाले २ सय २ पालिकामा विजयी हुँदा ३ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्य तर्फ ३० जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने १ स्थानीय तहमा अगाडि छन् ।
जनता समाजवादी पार्टी ९जसपा०ले २९ स्थानमा जित निकालेको छ भने ३ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १८ स्थानमा जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले १६ स्थानमा विजयी भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-