पोखरा । राष्ट्रसंघको स्थायी मिसनका लागि एक रुसी कूटनीतिक अधिकारीले राजीनामा दिएका छन्। युक्रेनमाथिको आक्रमणको विषयमा रुससँग असहमति जनाउँदै आफूले राजीनामा दिएको बोरिस बोन्डारेभले बताएका छन्।

उनले आफूले पछिल्लो केही समययता नै राजीनामाको विषयमा सोचिरहेको भए पनि यस किसिमको संकटलाई भने कुनै पनि अवस्थामा साथ नदिने निर्णयमा पुगेको उल्लेख गरेका छन्।
उनले आफूले युक्रेनमाथिको आक्रमणबारे दूतावासका शीर्ष अधिकारीहरुसँग चासो राखेको भए पनि उनीहरुले आफूहरुलाई यो विवाद झन् नबढाउनको लागि आफ्नो मुख बन्द गर्न निर्देशन दिएको उल्लेख गरेका छन्।
यस विषयमा रुसको राष्ट्रसंघको लागि स्थायी मिसनले भने कुनै प्रतिक्रिया दिएको छैन। बोन्डारेभले आफूले कूटनीतिको विषयमा अध्ययन गरेको र पछिल्लो २० वर्षयता कूटनीतिक अधिकारीको रुपमा रहँदै आएको बताएका छन्।
उनले रुसको विदेश मन्त्रालय आफ्नो घरजस्तो रहँदै आए पनि आफूले रुसले यस किसिमको रक्तपात, बुद्धिहीन र बेकारको बदनामी कमाउने कार्यमा भने साथ नदिने निष्कर्षमा पुगेको बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-