पोखरा । १० जेठर पोखरा महानगरपालिका वडा नम्बर २१ को वडामा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा–२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भए ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
बिजयी सुबेदीले २ हजार ५ सय ५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १ हजार ८ सय ११ मत प्राप्त गरे ।
महिला सदस्यमा विमला केसी २ हजार ६ सय ६२ मत, दलित महिला सदस्यमा सितादेवी विकले २ हजार ७ सय १७ मत, खुल्ला सदस्यमा कृष्णबहादुर थापाले २ हजार ५ सय ८१ र झपटबहादुर रानाभाटले २ हजार ५ सय ८४ मत ल्याएर विजय भए ।
प्रतिक्रिया लेख्नुहोस्:-