काठमाडौं । नेपाली काँग्रेसले ३ सय २१ पालिका जितिसकेको छ । साँझसम्मको मतपरिणाम अनुसार एमालेले ३ सय २१ सय पालिका जितेको हो । काँग्रेस ५ पालिकामा अगाडि छ ।
नेकपा एमालेले २ सय पालिका जितेको छ । एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको छ ।
नेकपा माओवादी केन्द्रले १ सय २० पालिका जितेको छ भने २ मा अगाडि छ ।
जनता समाजवादी पार्टी २९ पालिका जित्न सफल भएको छ । जसपा ३ पालिकामा अगाडि छ । नेकपा एसले १८ पालिका जितेको छ । एस पोखरा महानगरपाकिलामा अगाडि छ ।
लोसपाले १५ पालिका जितेको छ भने १ पालिकामा अगाडि छ ।
अन्य दल र स्वतन्त्र ३० पालिका जित्न सफल भएका छन् भने काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह अगाडि छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-