तनहुँ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका १० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका १० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-