पोखरा । पोखरा महानगरपालिकाको १ लाख २५ हजार ५ सय २० मतगणना सम्पन्न भएको छ । अहिलेसम्म एमालेबाट उम्मेदवार कृष्ण थापाले ४६ हजार ५ सय ८३ मत पाएका छन् । गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५० हजार ६ सय १२ मत पाएका छन् । राप्रपाबाट उम्मेदवारी दिएका शंकर खरालले ५ हजार ३ सय ३७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ८ सय ६४ मत पाएका छन् ।
उप मेयरमा एमालेको उम्मेदवार मञ्जु गुरुङले ५३ हजार १ सय ७३ मत पाइन । गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार ४९ हजार ५ सय ८६ मत पाइन । राप्रपाबाट उम्मेदवारी दिएकी रन्जु सेनले ५ हजार ३ सय १८ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-