पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् ।
तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ राजुुलाई १ सय ४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३ सय १८ मत पाउँदा गुरूङले ३ हजार १ सय ७० मत पाएका छन् । खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उमेद्वारहरु विजयी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-