२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरमा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले

विजय नेपाली
जेष्ठ ८, २०७९ १२:१५ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
16
SHARES
Share on FacebookShare on Twitter


पोखरा महानगरपालिकाको १९ वडाको अन्तिम मत परिणाम सार्वजानिक हुदाँ कांग्रेसले वडागत जितमा वर्चस्व कायम गरेको छ ।
३३ वटा वडा रहेको पोखरा महागनरपालिकाको १९ वडाको मत परिणाम आउँदासम्म कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ५ वटा वडामा जित हासिल गरेको छ ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, २०, २३, २४, २५, २६, २७ र २८ वडाको टुंगो लागेका हो । जसमा कांग्रेसले जितको वडाहरु मध्ये ७ वटा वडा कांग्रेस २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेकै वडा हुन् भने बाँकी ४ वटा वडा एमालेबाट खोसेको हो । ७, १३,१४, २४, २५,२६ र २८ नम्बर वडा एमालेले गुमाएको हो भने वडा नम्बर ६ कांग्रेसले गुमाएको छ । २०७४ सालमा कांग्रेसले २,३ ,४ ,६,९, १०, ११, १२ २३ २७ र ३२ नम्बर वडा जितेको थियो ।

वडा १ मा एमाले विजयी
पोखरा वडा १ मा एमालेका शाहारा प्रधानले ४१ म्तले विजयी भएका छन् । प्रधानले १ हजार १ सय ४५ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी कांग्रेसकी सिता गुरुङले १ हजार १ सय ४ मत ल्याइन् ।

महिला सदस्य एमाले शोभा गुरुङ ५७ मतले विजयी गरिन् । शोभाले १ हजार १ सय ४२ मत प्राप्त गर्दा कांग्रेसकी पार्वती खनाल पोख्रेलले १ हजार ८५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी जुकमाया दमाई ९६ मतले विजयी भइन् । जुकमायाले १ हजार १ सय ४७ मत ल्याउँदा कांग्रेसकी सुनिता कुँवर नेपालीले १ हजार ५१ मत ल्याइन् ।

खुल्ला सदस्य १ एमालेका जुम काजी गुरुङ ५९ मतले विजयी भए । जुमकाजीले १ हजार १ सय १६ मत ल्याउँदा खुल्ला सदस्य १ कांग्रेस मेघ बहादुर गुरुङले १ हजार ५७ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका रामजी प्रसाद पौडेल २० मतले विजयी भए । उनले १ हजार ७३ मत ल्याउँदा एमालेका ठाकुर प्रसाद वाग्लेले १ हजार ५३ मत ल्याए ।

वडा २ मा कांग्रेस विजयी
वडा २ को वडा अध्यक्षमा कांग्रेसका दिवस मान प्रधानाङ्ग २सय ७८ मत सहित विजयी भए । उनले ९ सय ३९ मत पाउँदा एमालेका दिपक शाहले ६ सय ६१ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी गोमा सुवेदी २ सय ९४ मत सहित विजयी भए । उनले ९ सय १९ ल्याउँदा एमालेकी उर्मिला पराजुलीले ६ सय ३२ मत ल्याए । दलित महिला सदस्यमा कांग्रेसकी सुनिता विश्वकर्मा २ सय ९४ मतले विजयी भए ।

उनले ९ सय १९ ल्याउँदा एमालेकी हरीमाया परियारले ६ सय २५ मत ल्याए । खुल्ला सदस्य १ मा कांग्रेसका गौतम विजुक्छे २ सय ३२ मतले विजयी भए । गौतमले ८ सय ७९ मत ल्याउँदा खुल्ला सदस्य १ एमालेका जनार्दन सुवेदीले ६ सय ४७ मत ल्याए ।

खुल्ला सदस्य २ कांग्रेसका भिमकुमारी आले २ सय ३८ मत सहित विजयी भए । उनले ८ सय ६८ मत ल्याउँदा एमालेका मंगल शाहीले ६ सय ३० मत प्राप्त गरे ।

वडा ३ कांग्रेस प्यान विजयी
पोखरा वडा नम्बर ३ मा कांग्रेसका प्रकाशमान उदास ५ सय ८ मत सहित विजयी भए । उनले १ हजार १ सय २४ मत ल्याउँदा एमालेका विष्णुशंकर ख्वाउजुले ६ सय १६ मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका नविन आले मगर ६ सय ८ मत सहित विजयी भए । उनले १ हजार १ सय २९ मत ल्याउँदा एमालेका जगतलाल शाहीले ५ सय २१ मत प्राप्त गरे ।

खुल्ला सदस्य २ कांग्रेसका सनकमान सिके ४सय ८१ म्त सहित विजयी भए । उनले १ हजार ६६ मत ल्याउँदा एमालेका लेकबहादुर प्रधानले ५ सय ८५ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकी शान्दिदेवी पराजुली ४ सय ३८ मतले विजयी भइन् । उनले १ हजार १ सय ७ मत ल्याउँदा एमालेकी बर्मिला श्रेष्ठले ६ सय ६९ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सवि परियार ४ सय ३४ मत सहित विजयी भइन् । उनले १ हजार १ सय २ मत ल्याउँदा एमालेकी पुष्पादेवी रणपालले ६ सय ६८ मत ल्याइन् ।

वडा ४ कांग्रेस विजयी
वडा ४ मा नेपाली कांग्रेसका देवकृष्ण पराजुली ६६ मत सहित विजयी भए । उनले ८ सय २० मत ल्याउँदा एमालेका मदन कुमार मुल्मीले ७ सय ५४ मत ल्याए । खुल्ला सदस्य १ कांग्रेसका प्रकाश कोइराला ४ सय ६० मतले विजयी भए । उनले ९ सय ६६ ल्याउँदा एमालेका अब्दुल हमिद मियाँले ५ सय ६ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस संजय कुमार श्रेष्ठ ३ सय ५१ मत सहित विजयी भए । उनले ९ सय ३० मत ल्याउँदा एमालेका सिमा कोइरालाले ५ सय ७९ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकी पार्वती श्रेष्ठ मकाजुले ३ सय ६६ मतले विजयी भइन् । उनले ९ सय ५६ मत ल्याउँदा एमालेकी लक्ष्मी देवी पराजुलीले ५ सय ९० मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी विष्णुमाया परियार ४ सय १३ मत सहित विजयी भइन् । उनले ९ सय ५७ मत ल्याउँदा एमालेकी कमला सिकेले ५ सय ४४ मत प्राप्त गरिन् ।

वडा ५ एमाले विजयी
वडा ५ मा एमालेका विष्णु प्रसाद बराल ९ सय ७१ मत सहित विजयी भए । उनले १ हजार ९ सय ७२ मत ल्याउँदा कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ एमालेका गोविन्द प्रसाद पराजुली ७ सय ३९ मत सहित विजयी भए । उनले १ हजार ९ सय १७ ल्याउँदा कांग्रेसका गोपाल बहादुर थापाले १ हजार १ सय ७८ मत ल्याए । खुल्ला सदस्य २ एमालेका मणिराम बराल ५ सय ४७ मत सहित विजयी भए । उनले १ हजार ७ सय २५ मत प्राप्त गर्दा कांग्रेसका धनञ्जय पौडेलले १ हजार १ सय ७८ मत ल्याए ।

महिला सदस्यमा एमालेकी कल्पना कुमारी थापा ७ सय ७९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ४७ मत ल्याउँदा कांग्रेसका उर्मिला पौडेलले १ हजार १ सय ६८ मत ल्याए । दलित महिला सदस्यमा हरीमाया विश्वकर्मा ८ सय ९१ मतले विजयी भए । उनले १ हजार ९ सय ६४ मत ल्याउँदा कांग्रेसका हस्तमाया नेपालीले १ हजार ७३ मत ल्याइन् ।

वडा ६ अध्यक्षमा एमाले विजयी
वडा ६ को वडा अध्यक्षमा एमालेका विष्णुबहादुर भट्टराई १ सय ६७ मत सहित विजयी भए । उनले १ हजार ६ सय ६ मत प्राप्त गर्दा कांग्रेसका जगत बहादुर पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पहारी यस अघि वडा अध्यक्ष निर्वाचित भएका थिए ।
खुल्ला सदस्य १ मा एमालेका दिपेन्द्र पहारी १ हजार २ सय २७ मत सहित विजयी भए । उनले १ हजार ४ सय ६ मत प्राप्त गर्दा माओवादीका कृष्णप्रसाद आचार्यले १ सय ३४ मत प्राप्त गरे ।

खुल्ला सदस्य २ मा एमालेका वासुदेव बराल ४ सय ३३ मत सहित विजयी भए । उनले १ हजार ४ सय १९ मत ल्याउँदा समाजवादीका विकास पहारीले ९ सय ८६ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी पवित्रा थापा ८७ मतले विजयी भईन् । उनले १ हजार ५ सय २३ मत ल्याउँदा एमालेकी जमुना पराजुली पहारीले १ हजार ४ सय ३६ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी ३ सय ८१ मत सहित विजयी भइन् । उनले १ हजार ६ सय ३९ मत प्राप्त गर्दा एमालेकी राममाया विश्वकर्माले १ हजार २ सय ५८ मत प्राप्त गरिन् ।

वडा ७ मा वडा अध्यक्षमा कांग्रेस सदस्यमा एमाले विजयी
वडा ७ को वडा अध्यक्षमा कांग्रेसका राम मोहन आचार्य ९९ मत सहित विजयी भए । उनले १ हजार ३ सय ८३ मत प्राप्त गर्दा एमालेका किशोर बरालले १ हजार २ सय ८४ मत ल्याए ।

महिला सदस्य एमालेकी बसुन्धरा लामिछाने ३४ मतले विजयी भइन् । उनले १ हजार ३ सय २३ मत ल्याउँदा कांग्रेसकी विनिता अधिकारी १ हजार २ सय ८९ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी सुनिता सुनार २१ मतले विजयी भइन् । उनले १ हजार २ सय ९५ मत ल्याउँदा कांग्रेसकी पूर्ण कुमारी नेपालीले १ हजार २सय ७४ मत प्राप्त गरिन् ।

खुल्ला सदस्य १ मा एमालेका अर्जुन बहादुर भुजेल ५ मतले विजयी भए । उनले १ हजार २ सय ७६ मत ल्याउँदा कांग्रेसका अजित कार्कीले १ हजार २ सय ७१ मत ल्याए । खुल्ला सदस्य २ मा एमालेका विष्णुमणी बराल ७७ मतले विजयी भए । उनले १ हजार ३ सय २ मत प्राप्त गर्दा कांग्रेसका विष्णु प्रसाद सुवेदीले १ हजार२ सय २५ मत प्राप्त गरे ।

वडा ८ मा एमाले विजयी
वडा ८ मा एमालेका रुद्रनाथ बराल ६ सय ५२ मत सहित विजयी भए । उनले २ हजार १ सय ४० मत ल्याउँदा कांग्रेसका शारदा गिरीले १ हजार ४ सय ८८ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य १ मा एमालेका गोविन्द बराल ३ सय ८६ मत सहित विजयी भए । उनले १ हजार ८ सय ४ मत ल्याउँदा कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठले १ हजार ४ स १८ मत ल्याए ।

खुल्ला सदस्य २ मा एमालेका हिराकाजी श्रेष्ठ १ हजार ५ सय ३३ मत सहित विजयी भए । उनले १ हजार ८ सय ९२ मत ल्याउँदा माओवादीका दामोदर सिग्देलले ३ सय ५९ मत ल्याए । महिला सदस्यमा एमालेकी पवित्र पौडेल ३ सय ७७ मत सहित विजयी भइन् । उनले १ हजार ९ सय ४८ मत ल्याउँदा कांग्रेसकी देवीमाया चालिसेले १ हजार ५ सय ७१ मत ल्याइन् ।

दलित महिला सदस्यमा एमालेकी लक्ष्मी विक ३ सय ६१ मतले विजयी भइन् । उनले १ हजार ९ सय ३१ मत ल्याउँदा कांग्रेसकी माया नेपालीले १ हजार ५ सय ७० मत प्राप्त गरिन् ।

वडा ९ मा कांग्रेस प्यानलै विजयी
वडा अध्यक्ष कांग्रेस दिपेन्द्र मर्सानी ७ सय १९ मत सहित विजयी भए । उनले १ हजार ५ सय ७४ मत ल्याउँदा एमालेका प्रेम बहादुर गुरुङले ८ सय ५५ मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका नन्दराम गिरी ८ सय ६५ मतले विजयी भए । उनले १ हजार ३ सय ६५ मत ल्याउँदा एमालेका धु्रवकुमार श्रेष्ठले ५ सय ९ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका लक्ष्मी पहारी ४ सय ४६ मतले विजयी भइन् । उनले १ हजार २ सय ९८ ल्याउँदा एमालेका संजय कमरले ८ सय ५२ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकी भावना श्रेष्ठ ५ सय ४ मतले विजयी भए । उनले १ हजार ४ सय ५० मत ल्याउँदा एमालेकी लक्ष्मी गुरुङले ९ सय ४६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी गिता नेपाली ६ सय ८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ३ ल्याउँदा एमालेकी सरस्वती नेपालीले ८ सय ९५ मत ल्याइन् ।

पोखरा १० मा कांग्रेस प्यानल विजयी
वडा नम्बर १० मा कांग्रेस प्यानलै विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए ।

खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । एमाले उम्मेदवार कुमार थिङले ९ सय ४४ र शान्ति सुबेदीले ९ सय २५ मत ल्याए ।

यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार ६ सय ७६ ल्याउदा एमालेकी उम्मेदवार सीमाराईले १ हजार सय २५ मत ल्याएकी छन् ।

दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार ७ सय १२ र एमाले उम्मेदवार शान्ति देवी परियारले १ हजार २७ मत प्राप्त गरेकी छन् ।

वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।

वडा १२ कांग्रेस विजयी
वडा १२ को वडा अध्यक्षमा कांग्रेसका सन्तोष बास्तोला ७२ मतले विजयी भए । उनले १ हजार १ सय ८५ ल्याउँदा एमालेका देशभक्त केसीले १ हजार १ सय १३ मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका गोविन्द प्रसाद सिग्देल ७६ मतले विजयी भए । उनले १ हजार ७८ मत ल्याउँदा एमालेका निर्मल बहादुर थापाले १ हजार १ मत ल्याए ।

खुल्ला सदस्य २ कांग्रेस सन्तबहादुर थापा २सय ५६ मतले विजयी भए । उनले १ हजार १ सय ६२ ल्याउँदा एमालेकी शान्ति गुरुङले ९ सय ६ मत ल्याइन् । महिला सदस्यमा शान्ती कोइराल ९२ मतले विजयी भइन् । उनले १ हजार १ सय ३१ मत ल्याउँदा लक्ष्मी कुवरँले १ हजार ३९ मत ल्याइन् ।

दलित महिला सदस्य कांग्रेस गुमादेवी परियार ५ सय ५७ मतले विजयी भइन् । उनले १ हजार २ सय ९ मत ल्याउँदा विष्णु विश्वकर्माले ९ सय ५२ मत ल्याइन् ।

१३ मा कांग्रेस विजयी
वडा अध्यक्ष कांग्रेस किरण बराल ७ सय ६ मतले विजयी भए । उनले २ हजार ९ सय ४० मत प्राप्त गर्दा एमाले बसन्तराज बराल २ हजार २ सय ३४ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ कांग्रेस बलबहादुर बराल १ सय ८२ मत प्राप्त गरे । उनले २ हजार ४ सय ७० मत प्राप्त गर्दा एमालेका अम्जत मियाँले २ हजार २ सय ८८ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस सरिफ अलिमियाँ १ सय १३ मत सहित विजयी भए । उनले २ हजार ४ सय २० मत प्राप्त गर्दा एमालेका निलकण्ठ सिग्देलले २ हजार ३ सय ७ मत प्राप्त गरे ।

महिला सदस्य कांग्रेसकी सुचित तामाङ २१ मतले विजयी भईन् । उनले २ हजार ५ सय ४३ मत प्राप्त गर्दा एमालेकी कृष्ण कुमारी गुरुङले २ हजार ५ सय २२ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा कांग्रेसकी रजनी परियार २ सय ७० मत सहित विजयी भइन् । उनले .२ हजार ६ सय २८ मत ल्याउँदा एमालेकी कमला विकले २ हजार ३ सय ५८ मत प्राप्त गरिन् ।

पोखरा १४ मा कांग्रेस विजयी
पोखरा महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा बोधबहादुर कार्की विजयी भएका छन् । उनी उम्मेदवार उठेका एमालेका उम्मेदवार बोधबहादुर कार्कीले ३ हजार २ सय ९० मतप्राप्त गर्दा गुरुङले १ हजार ७ सय ५४ मत प्राप्त गरे । कार्कीले १ हजार ५ सय ३६ मत ठुलो अन्तरल हराए ।

खुल्ला सदस्यमा नेपाली काग्रेसका कृष्णहरि काफ्ले र नेकपा एमालेका गोपाल प्रसाद सापकोटा विजयी भए । काफ्लेले २ हजार ३ सय ७३ मत प्राप्त गरे भने सापकोटाले १ हजार ९ सय ५३ मत प्राप्त गरे ।

महिला सदस्य नेपाली काग्रेसकी दिलमाया गुरुङले २ हजार ८ सय ४९, दलित महिलामा नेपाली काग्रेकी तनुजा सार्कीले सदस्य २ हजार ६ सय ४६ प्राप्त गदै विजयी बने ।

पोखरा १५ मा एमाले प्यानल विजयी
पोखरा महानगरपालिका वडा नम्बर १५ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । एमालेका तोरणबहादुर बानियाँ नेपाली कांग्रेसका मीनबहादुर गिरीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बानियाँले २३ सय ३८ मत ल्याएका छने । गिरीले १७ सय २ मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा आशिष भण्डारीले २३ सय ७९, खुला सदस्य बलराम पौडेलले २१ सय ८०, दलित महिला सदस्य मन्दिरा परियारले २२ सय ९१ र महिला सदस्यमा सेतीमाया गुरुङले २३ सय मत प्राप्त गर्दै विजयी भएका छन् ।

यस वडामा २०७४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो ।

वडा २० एमाले प्यानलै विजयी
वडा २० को वडा अध्यक्षमा एमालेका गंगा बहादुर खत्री २ सय ७ मतले विजयी भए । उनले १ हजार २ मत प्राप्त गर्दा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी मिना पौडेल ५ सय ४ मत सहित विजयी भए । उनले १ हजार २ सय ८७ मत ल्याउँदा कांग्रेसकी माया तिम्सिनाले ७ सय ८३ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी रुपा सार्की ५सय ५ मत प्राप्त गरे । उनले १ हजार ३ सय ७ मत ल्याउँदा कांग्रेसकी अस्मिता दमैले ८ सय २ मत प्राप्त गरिन् ।

खुल्ला सदस्य १ एमालेका उत्तम कुरुङ ५ सय १८ मतले विजयी भए । उनले १ हजार २ सय १३ मत प्राप्त गर्दा कांग्रेसका नवराज ६ सय ९५ मत ल्याए ।

खुल्ला सदस्य २ मा एमालेका गजमान गुरुङ ३ सय ३० मतले विजयी भएन । उनले १ हजार १ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका रामबहादुर गौतम खत्रीले ८ सय ६३ मत प्राप्त गरे ।

वडा २३ अध्यक्षमा कांग्रेस विजयी
वडा २३ को वडा अध्यक्षमा कांग्रेसका रामकाजी गुरुङ १ सय १२ मतले विजयी भए । उनले १ हजार ४ सय ८५ ल्याउँदा एमालेका शिवलाल पराजुलीले १ हजार ३ सय ७३ मत ल्याइन् ।

खुल्ला सदस्य १ मा एमालेका चेतबहादुर क्षेत्री १७ मतले विजयी भए । उनले १ हजार ३ सय ३४ मत ल्याउँदा कांग्रेसका गोपाल पराजुलीले १ हजार ३ सय १७ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेसका धनबहादुर गुरुङ ५४ मत सहित विजयी भए । उनले १ हजार ३ सय २९ मत ल्याउँदा एमालेका फवेन्द्र कुमार गुरुङले १ हजार २ सय ७५ मत ल्याए ।

महिला सदस्यमा एमालेका शान्ति शर्मा १ सय ७५ मतले विजयी भए । उनले १ हजार ४ सय ५९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा लामिछानेले १ हजार २ सय ८४ मत ल्याइन् । दलित महिला सदस्यमा एमालेकी रिता सुनार ३ सय ६९ मतले विजयी भइन् । उनले १ हजार ४ सय ३ मत ल्याउँदा माओवादीकी देवकी सुनारले १ हजार ३४ मत ल्याइन् ।

वडा २४ अध्यक्षमा कांग्रेस विजयी
वडा २४ को वडाअध्यक्षमा कांग्रेसका भरतबहादुर अधिकारी ३ सय २७ मतले विजयी भए । उनले २ हजार १ सय ३१ मत ल्याउँदा एमालेका रामचन्द्र थापाले १ हजार ८ सय ४ मत ल्याए ।

खुल्ला सदस्य २ कांग्रेसमा रेशम सुवेदी ४ सय ३४ मतले विजयी भए । उनले १ हजार ९ सय ९३ मत ल्याउँदा माओवादीका शालिकराम सुवेदीले १ हजार ५ सय ५९ मत ल्याए ।

खुल्ला सदस्य १ एमालेका कृष्ण प्रसाद सुवेदी ३ सय २७ मतले विजयी भए । उनले १ हजार ८ सय ७९ मत ल्याउँदा एकीकृत समाजवादीका जिवन कुमार भट्राईले १ हजार ५ सय ५२ मत ल्याए । महिला सदस्यमा एमालेकी सरस्वती त्रिपाठी ५ सय ५ मतले विजयी भइन् । उनले १ हजार ९ सय ५६ मत ल्याउँदा माओवादीकी सोनु सुवेदीले १ हजार ४ सय ५१ म्त ल्याइन् ।

दलित महिला सदस्यमा एमालेकी मैया नेपाली ३ सय ९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ९४ मत ल्याउँदा कांग्रेसकी इन्द्रकुमारी कामीले १ हजार ६ सय ८५ मत ल्याइन् ।

वडा २५ को अध्यक्षमा कांग्रेस विजयी
वडा २५ मा कांग्रेसका मोतिलाल तिम्सिना २३ मतले विजयी भए । उनले २ हजार २ सय ६६ मत प्राप्त गर्दा एमालेका तिर्थबहादुर थापाले २ हजार २ सय १३ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ मा एमाले कृष्ण बहादुर कुवरँ ९ सय ६० मत सहित विजयी भए । उनले २ हजार ३ सय ६ मत प्राप्त गरे भने माओवादीका सुरेश बहादुर सापकोटाले १ हजार ३ सय ४६ मत प्राप्त गरे । खुल्ला सदस्य २ एमालेका सुवाष भण्डारीले २ हजार २ सय २५ मत सहित विजयी भए । उनले २ हजार २ सय ९० मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिपेन्द्र वास्तोलाले ६५ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेलले ९ सय १७ मत सहित विजयी भइन् । उनले २ हजार ४ सय ६७ मत प्राप्त गर्दा माओवदीकी आरती अधिकारी सापकोटाले १ हजार ५ सय ५० मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी तारा विश्वकर्मा १ हजार ५६ मत सहित विजयी भइने । उनले २ हजार ५ सय २० मत प्राप्त गर्दा माओवादीकी सिता नेपालीले १ हजार ४ सय ६४ मत प्राप्त गरिन् ।

वडा २६ मा कांग्रेस विजयी
वडा २६ को वडा अध्यक्षमा कांग्रेसका नरेन्द्र थापा १ हजार १५ मतले विजयी भए । उनले २ हजार ७ सय ६५ मत ल्याउँदा एमालेका सुर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मत ल्याए ।

खुल्ला सदस्य १ कांग्रेसका तिर्थबहादुर राजभाट १ सय ५३ मतले विजयी भए । उनले २ हजार १ सय ३५ मत ल्याउँदा एमालेका धु्रव थापाले १ हजार ९ सय ८२ मत ल्याए ।

खुल्ला सदस्य २ मा कांग्रेसका सुदिप राज ढुङ्गाना २० मतले विजयी भए । उनले २ हजार ९ मत ल्याउँदा एमालेका बसन्त बञ्जराले १ हजार ९ सय ८९ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकी लक्ष्मी देवी भट्टराई ९८ मतले विजयी भइन् । उनले २ हजार २ सय २४ मत ल्याउँदा एमालेकी प्रमिला बरालले २ हजार १ सय २६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सुजता बराल २ सय ६२ मतसहित विजयी भइन् । उनले २ हजार ३ सय ९ मत ल्याउँदा एमालेकी शर्मिला विश्वकर्माले २ हजार ४७ मत प्राप्त गरिन् ।

वडा २७ मा कांग्रेस विजयी
वडा २७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पुर्ण कुमार गुरुङ ४ सय ९४ मतले विजयी भए । उनले २ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका सुर्यमणि लामिछानेले १ हजार ९ सय ४० मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका सुर्य बहादुर वाग्ले ४ सय ९१ मतले विजयी भए । उनले २ हजार ३ सय १२ मत ल्याउँदा नेकपा एमालेका तारानाथ दवाडीले १ हजार ८ सय २१ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका जितेन्द्र बहादुर क्षेत्री ४ सय ७८ मतले विजयी भए । उनले २ हजार ३ सय ९८ मत ल्याउँदा एमालेका प्रकाश देवकोटाले १ हजार ९ सय २० मत ल्याए ।

महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगर १ हजार ६ सय ११ मतले विजयी भइन् । उनले १ हजार ९ सय ६६ मत प्राप्त गर्दा माओवादीकी देवीमाया अधिकारीले ३ सय ५५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी लक्ष्मी विक २ सय ९५ मतले विजयी भइन् । उनले २ हजार २ सय १६ मत ल्याउँदा एमालेकी उमा दमाईले १ हजार ९ सय २१ मत प्राप्त गरिन् ।

२८ मा कांग्रेस विजयी
वडा २८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका श्री कृष्ण लामिछाने १सय ५२ मतले विजयी भए । उनले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका बैन बहादुर गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ मा कांग्रेसका कमल थापा ४३ मतले विजयी भए । उनले १ हजार ४ सय ८६ मत ल्याउँदा एमालेका प्रकाश दवाडीले १ हजार ४ सय ४३ मत प्राप्त गरे ।

खुल्ला सदस्य २ मा एमालेका वीरेन्द्र भण्डारी १ सय ७२ मतले विजयी भए । उनले १ हजार ४ सय ७२ मत ल्याउँदा एकीकृत समाजवादीका नारायण बचगाईले १ हजार ३ सय मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी डाल्डादेवी भुजेल १ सय ७६ मतले विजयी भइन् । उनले १ हजार ६ सय ५६ मत ल्याउँदा एमालेकी राधिका पौडेलले १ हजार ४सय ८० मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा कांग्रेसकी इन्द्रकला कामी ४८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ६२ मत ल्याउँदा एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत प्राप्त गरिन् ।

 

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद