पोखरा महानगरपालिकाको १९ वडाको अन्तिम मत परिणाम सार्वजानिक हुदाँ कांग्रेसले वडागत जितमा वर्चस्व कायम गरेको छ ।
३३ वटा वडा रहेको पोखरा महागनरपालिकाको १९ वडाको मत परिणाम आउँदासम्म कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ५ वटा वडामा जित हासिल गरेको छ ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, २०, २३, २४, २५, २६, २७ र २८ वडाको टुंगो लागेका हो । जसमा कांग्रेसले जितको वडाहरु मध्ये ७ वटा वडा कांग्रेस २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेकै वडा हुन् भने बाँकी ४ वटा वडा एमालेबाट खोसेको हो । ७, १३,१४, २४, २५,२६ र २८ नम्बर वडा एमालेले गुमाएको हो भने वडा नम्बर ६ कांग्रेसले गुमाएको छ । २०७४ सालमा कांग्रेसले २,३ ,४ ,६,९, १०, ११, १२ २३ २७ र ३२ नम्बर वडा जितेको थियो ।
वडा १ मा एमाले विजयी
पोखरा वडा १ मा एमालेका शाहारा प्रधानले ४१ म्तले विजयी भएका छन् । प्रधानले १ हजार १ सय ४५ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी कांग्रेसकी सिता गुरुङले १ हजार १ सय ४ मत ल्याइन् ।
महिला सदस्य एमाले शोभा गुरुङ ५७ मतले विजयी गरिन् । शोभाले १ हजार १ सय ४२ मत प्राप्त गर्दा कांग्रेसकी पार्वती खनाल पोख्रेलले १ हजार ८५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी जुकमाया दमाई ९६ मतले विजयी भइन् । जुकमायाले १ हजार १ सय ४७ मत ल्याउँदा कांग्रेसकी सुनिता कुँवर नेपालीले १ हजार ५१ मत ल्याइन् ।
खुल्ला सदस्य १ एमालेका जुम काजी गुरुङ ५९ मतले विजयी भए । जुमकाजीले १ हजार १ सय १६ मत ल्याउँदा खुल्ला सदस्य १ कांग्रेस मेघ बहादुर गुरुङले १ हजार ५७ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका रामजी प्रसाद पौडेल २० मतले विजयी भए । उनले १ हजार ७३ मत ल्याउँदा एमालेका ठाकुर प्रसाद वाग्लेले १ हजार ५३ मत ल्याए ।
वडा २ मा कांग्रेस विजयी
वडा २ को वडा अध्यक्षमा कांग्रेसका दिवस मान प्रधानाङ्ग २सय ७८ मत सहित विजयी भए । उनले ९ सय ३९ मत पाउँदा एमालेका दिपक शाहले ६ सय ६१ मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसकी गोमा सुवेदी २ सय ९४ मत सहित विजयी भए । उनले ९ सय १९ ल्याउँदा एमालेकी उर्मिला पराजुलीले ६ सय ३२ मत ल्याए । दलित महिला सदस्यमा कांग्रेसकी सुनिता विश्वकर्मा २ सय ९४ मतले विजयी भए ।
उनले ९ सय १९ ल्याउँदा एमालेकी हरीमाया परियारले ६ सय २५ मत ल्याए । खुल्ला सदस्य १ मा कांग्रेसका गौतम विजुक्छे २ सय ३२ मतले विजयी भए । गौतमले ८ सय ७९ मत ल्याउँदा खुल्ला सदस्य १ एमालेका जनार्दन सुवेदीले ६ सय ४७ मत ल्याए ।
खुल्ला सदस्य २ कांग्रेसका भिमकुमारी आले २ सय ३८ मत सहित विजयी भए । उनले ८ सय ६८ मत ल्याउँदा एमालेका मंगल शाहीले ६ सय ३० मत प्राप्त गरे ।
वडा ३ कांग्रेस प्यान विजयी
पोखरा वडा नम्बर ३ मा कांग्रेसका प्रकाशमान उदास ५ सय ८ मत सहित विजयी भए । उनले १ हजार १ सय २४ मत ल्याउँदा एमालेका विष्णुशंकर ख्वाउजुले ६ सय १६ मत ल्याए ।
खुल्ला सदस्य १ मा कांग्रेसका नविन आले मगर ६ सय ८ मत सहित विजयी भए । उनले १ हजार १ सय २९ मत ल्याउँदा एमालेका जगतलाल शाहीले ५ सय २१ मत प्राप्त गरे ।
खुल्ला सदस्य २ कांग्रेसका सनकमान सिके ४सय ८१ म्त सहित विजयी भए । उनले १ हजार ६६ मत ल्याउँदा एमालेका लेकबहादुर प्रधानले ५ सय ८५ मत ल्याए ।
महिला सदस्यमा कांग्रेसकी शान्दिदेवी पराजुली ४ सय ३८ मतले विजयी भइन् । उनले १ हजार १ सय ७ मत ल्याउँदा एमालेकी बर्मिला श्रेष्ठले ६ सय ६९ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सवि परियार ४ सय ३४ मत सहित विजयी भइन् । उनले १ हजार १ सय २ मत ल्याउँदा एमालेकी पुष्पादेवी रणपालले ६ सय ६८ मत ल्याइन् ।
वडा ४ कांग्रेस विजयी
वडा ४ मा नेपाली कांग्रेसका देवकृष्ण पराजुली ६६ मत सहित विजयी भए । उनले ८ सय २० मत ल्याउँदा एमालेका मदन कुमार मुल्मीले ७ सय ५४ मत ल्याए । खुल्ला सदस्य १ कांग्रेसका प्रकाश कोइराला ४ सय ६० मतले विजयी भए । उनले ९ सय ६६ ल्याउँदा एमालेका अब्दुल हमिद मियाँले ५ सय ६ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस संजय कुमार श्रेष्ठ ३ सय ५१ मत सहित विजयी भए । उनले ९ सय ३० मत ल्याउँदा एमालेका सिमा कोइरालाले ५ सय ७९ मत ल्याए ।
महिला सदस्यमा कांग्रेसकी पार्वती श्रेष्ठ मकाजुले ३ सय ६६ मतले विजयी भइन् । उनले ९ सय ५६ मत ल्याउँदा एमालेकी लक्ष्मी देवी पराजुलीले ५ सय ९० मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी विष्णुमाया परियार ४ सय १३ मत सहित विजयी भइन् । उनले ९ सय ५७ मत ल्याउँदा एमालेकी कमला सिकेले ५ सय ४४ मत प्राप्त गरिन् ।
वडा ५ एमाले विजयी
वडा ५ मा एमालेका विष्णु प्रसाद बराल ९ सय ७१ मत सहित विजयी भए । उनले १ हजार ९ सय ७२ मत ल्याउँदा कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत प्राप्त गरे ।
खुल्ला सदस्य १ एमालेका गोविन्द प्रसाद पराजुली ७ सय ३९ मत सहित विजयी भए । उनले १ हजार ९ सय १७ ल्याउँदा कांग्रेसका गोपाल बहादुर थापाले १ हजार १ सय ७८ मत ल्याए । खुल्ला सदस्य २ एमालेका मणिराम बराल ५ सय ४७ मत सहित विजयी भए । उनले १ हजार ७ सय २५ मत प्राप्त गर्दा कांग्रेसका धनञ्जय पौडेलले १ हजार १ सय ७८ मत ल्याए ।
महिला सदस्यमा एमालेकी कल्पना कुमारी थापा ७ सय ७९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ४७ मत ल्याउँदा कांग्रेसका उर्मिला पौडेलले १ हजार १ सय ६८ मत ल्याए । दलित महिला सदस्यमा हरीमाया विश्वकर्मा ८ सय ९१ मतले विजयी भए । उनले १ हजार ९ सय ६४ मत ल्याउँदा कांग्रेसका हस्तमाया नेपालीले १ हजार ७३ मत ल्याइन् ।
वडा ६ अध्यक्षमा एमाले विजयी
वडा ६ को वडा अध्यक्षमा एमालेका विष्णुबहादुर भट्टराई १ सय ६७ मत सहित विजयी भए । उनले १ हजार ६ सय ६ मत प्राप्त गर्दा कांग्रेसका जगत बहादुर पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पहारी यस अघि वडा अध्यक्ष निर्वाचित भएका थिए ।
खुल्ला सदस्य १ मा एमालेका दिपेन्द्र पहारी १ हजार २ सय २७ मत सहित विजयी भए । उनले १ हजार ४ सय ६ मत प्राप्त गर्दा माओवादीका कृष्णप्रसाद आचार्यले १ सय ३४ मत प्राप्त गरे ।
खुल्ला सदस्य २ मा एमालेका वासुदेव बराल ४ सय ३३ मत सहित विजयी भए । उनले १ हजार ४ सय १९ मत ल्याउँदा समाजवादीका विकास पहारीले ९ सय ८६ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी पवित्रा थापा ८७ मतले विजयी भईन् । उनले १ हजार ५ सय २३ मत ल्याउँदा एमालेकी जमुना पराजुली पहारीले १ हजार ४ सय ३६ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी ३ सय ८१ मत सहित विजयी भइन् । उनले १ हजार ६ सय ३९ मत प्राप्त गर्दा एमालेकी राममाया विश्वकर्माले १ हजार २ सय ५८ मत प्राप्त गरिन् ।
वडा ७ मा वडा अध्यक्षमा कांग्रेस सदस्यमा एमाले विजयी
वडा ७ को वडा अध्यक्षमा कांग्रेसका राम मोहन आचार्य ९९ मत सहित विजयी भए । उनले १ हजार ३ सय ८३ मत प्राप्त गर्दा एमालेका किशोर बरालले १ हजार २ सय ८४ मत ल्याए ।
महिला सदस्य एमालेकी बसुन्धरा लामिछाने ३४ मतले विजयी भइन् । उनले १ हजार ३ सय २३ मत ल्याउँदा कांग्रेसकी विनिता अधिकारी १ हजार २ सय ८९ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा एमालेकी सुनिता सुनार २१ मतले विजयी भइन् । उनले १ हजार २ सय ९५ मत ल्याउँदा कांग्रेसकी पूर्ण कुमारी नेपालीले १ हजार २सय ७४ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य १ मा एमालेका अर्जुन बहादुर भुजेल ५ मतले विजयी भए । उनले १ हजार २ सय ७६ मत ल्याउँदा कांग्रेसका अजित कार्कीले १ हजार २ सय ७१ मत ल्याए । खुल्ला सदस्य २ मा एमालेका विष्णुमणी बराल ७७ मतले विजयी भए । उनले १ हजार ३ सय २ मत प्राप्त गर्दा कांग्रेसका विष्णु प्रसाद सुवेदीले १ हजार२ सय २५ मत प्राप्त गरे ।
वडा ८ मा एमाले विजयी
वडा ८ मा एमालेका रुद्रनाथ बराल ६ सय ५२ मत सहित विजयी भए । उनले २ हजार १ सय ४० मत ल्याउँदा कांग्रेसका शारदा गिरीले १ हजार ४ सय ८८ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य १ मा एमालेका गोविन्द बराल ३ सय ८६ मत सहित विजयी भए । उनले १ हजार ८ सय ४ मत ल्याउँदा कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठले १ हजार ४ स १८ मत ल्याए ।
खुल्ला सदस्य २ मा एमालेका हिराकाजी श्रेष्ठ १ हजार ५ सय ३३ मत सहित विजयी भए । उनले १ हजार ८ सय ९२ मत ल्याउँदा माओवादीका दामोदर सिग्देलले ३ सय ५९ मत ल्याए । महिला सदस्यमा एमालेकी पवित्र पौडेल ३ सय ७७ मत सहित विजयी भइन् । उनले १ हजार ९ सय ४८ मत ल्याउँदा कांग्रेसकी देवीमाया चालिसेले १ हजार ५ सय ७१ मत ल्याइन् ।
दलित महिला सदस्यमा एमालेकी लक्ष्मी विक ३ सय ६१ मतले विजयी भइन् । उनले १ हजार ९ सय ३१ मत ल्याउँदा कांग्रेसकी माया नेपालीले १ हजार ५ सय ७० मत प्राप्त गरिन् ।
वडा ९ मा कांग्रेस प्यानलै विजयी
वडा अध्यक्ष कांग्रेस दिपेन्द्र मर्सानी ७ सय १९ मत सहित विजयी भए । उनले १ हजार ५ सय ७४ मत ल्याउँदा एमालेका प्रेम बहादुर गुरुङले ८ सय ५५ मत ल्याए ।
खुल्ला सदस्य १ मा कांग्रेसका नन्दराम गिरी ८ सय ६५ मतले विजयी भए । उनले १ हजार ३ सय ६५ मत ल्याउँदा एमालेका धु्रवकुमार श्रेष्ठले ५ सय ९ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका लक्ष्मी पहारी ४ सय ४६ मतले विजयी भइन् । उनले १ हजार २ सय ९८ ल्याउँदा एमालेका संजय कमरले ८ सय ५२ मत ल्याए ।
महिला सदस्यमा कांग्रेसकी भावना श्रेष्ठ ५ सय ४ मतले विजयी भए । उनले १ हजार ४ सय ५० मत ल्याउँदा एमालेकी लक्ष्मी गुरुङले ९ सय ४६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी गिता नेपाली ६ सय ८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ३ ल्याउँदा एमालेकी सरस्वती नेपालीले ८ सय ९५ मत ल्याइन् ।
पोखरा १० मा कांग्रेस प्यानल विजयी
वडा नम्बर १० मा कांग्रेस प्यानलै विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए ।
खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । एमाले उम्मेदवार कुमार थिङले ९ सय ४४ र शान्ति सुबेदीले ९ सय २५ मत ल्याए ।
यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार ६ सय ७६ ल्याउदा एमालेकी उम्मेदवार सीमाराईले १ हजार सय २५ मत ल्याएकी छन् ।
दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार ७ सय १२ र एमाले उम्मेदवार शान्ति देवी परियारले १ हजार २७ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।
वडा १२ कांग्रेस विजयी
वडा १२ को वडा अध्यक्षमा कांग्रेसका सन्तोष बास्तोला ७२ मतले विजयी भए । उनले १ हजार १ सय ८५ ल्याउँदा एमालेका देशभक्त केसीले १ हजार १ सय १३ मत ल्याए ।
खुल्ला सदस्य १ मा कांग्रेसका गोविन्द प्रसाद सिग्देल ७६ मतले विजयी भए । उनले १ हजार ७८ मत ल्याउँदा एमालेका निर्मल बहादुर थापाले १ हजार १ मत ल्याए ।
खुल्ला सदस्य २ कांग्रेस सन्तबहादुर थापा २सय ५६ मतले विजयी भए । उनले १ हजार १ सय ६२ ल्याउँदा एमालेकी शान्ति गुरुङले ९ सय ६ मत ल्याइन् । महिला सदस्यमा शान्ती कोइराल ९२ मतले विजयी भइन् । उनले १ हजार १ सय ३१ मत ल्याउँदा लक्ष्मी कुवरँले १ हजार ३९ मत ल्याइन् ।
दलित महिला सदस्य कांग्रेस गुमादेवी परियार ५ सय ५७ मतले विजयी भइन् । उनले १ हजार २ सय ९ मत ल्याउँदा विष्णु विश्वकर्माले ९ सय ५२ मत ल्याइन् ।
१३ मा कांग्रेस विजयी
वडा अध्यक्ष कांग्रेस किरण बराल ७ सय ६ मतले विजयी भए । उनले २ हजार ९ सय ४० मत प्राप्त गर्दा एमाले बसन्तराज बराल २ हजार २ सय ३४ मत प्राप्त गरे ।
खुल्ला सदस्य १ कांग्रेस बलबहादुर बराल १ सय ८२ मत प्राप्त गरे । उनले २ हजार ४ सय ७० मत प्राप्त गर्दा एमालेका अम्जत मियाँले २ हजार २ सय ८८ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस सरिफ अलिमियाँ १ सय १३ मत सहित विजयी भए । उनले २ हजार ४ सय २० मत प्राप्त गर्दा एमालेका निलकण्ठ सिग्देलले २ हजार ३ सय ७ मत प्राप्त गरे ।
महिला सदस्य कांग्रेसकी सुचित तामाङ २१ मतले विजयी भईन् । उनले २ हजार ५ सय ४३ मत प्राप्त गर्दा एमालेकी कृष्ण कुमारी गुरुङले २ हजार ५ सय २२ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा कांग्रेसकी रजनी परियार २ सय ७० मत सहित विजयी भइन् । उनले .२ हजार ६ सय २८ मत ल्याउँदा एमालेकी कमला विकले २ हजार ३ सय ५८ मत प्राप्त गरिन् ।
पोखरा १४ मा कांग्रेस विजयी
पोखरा महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा बोधबहादुर कार्की विजयी भएका छन् । उनी उम्मेदवार उठेका एमालेका उम्मेदवार बोधबहादुर कार्कीले ३ हजार २ सय ९० मतप्राप्त गर्दा गुरुङले १ हजार ७ सय ५४ मत प्राप्त गरे । कार्कीले १ हजार ५ सय ३६ मत ठुलो अन्तरल हराए ।
खुल्ला सदस्यमा नेपाली काग्रेसका कृष्णहरि काफ्ले र नेकपा एमालेका गोपाल प्रसाद सापकोटा विजयी भए । काफ्लेले २ हजार ३ सय ७३ मत प्राप्त गरे भने सापकोटाले १ हजार ९ सय ५३ मत प्राप्त गरे ।
महिला सदस्य नेपाली काग्रेसकी दिलमाया गुरुङले २ हजार ८ सय ४९, दलित महिलामा नेपाली काग्रेकी तनुजा सार्कीले सदस्य २ हजार ६ सय ४६ प्राप्त गदै विजयी बने ।
पोखरा १५ मा एमाले प्यानल विजयी
पोखरा महानगरपालिका वडा नम्बर १५ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । एमालेका तोरणबहादुर बानियाँ नेपाली कांग्रेसका मीनबहादुर गिरीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
बानियाँले २३ सय ३८ मत ल्याएका छने । गिरीले १७ सय २ मत प्राप्त गरेका छन् ।
खुला सदस्यमा आशिष भण्डारीले २३ सय ७९, खुला सदस्य बलराम पौडेलले २१ सय ८०, दलित महिला सदस्य मन्दिरा परियारले २२ सय ९१ र महिला सदस्यमा सेतीमाया गुरुङले २३ सय मत प्राप्त गर्दै विजयी भएका छन् ।
यस वडामा २०७४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो ।
वडा २० एमाले प्यानलै विजयी
वडा २० को वडा अध्यक्षमा एमालेका गंगा बहादुर खत्री २ सय ७ मतले विजयी भए । उनले १ हजार २ मत प्राप्त गर्दा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी मिना पौडेल ५ सय ४ मत सहित विजयी भए । उनले १ हजार २ सय ८७ मत ल्याउँदा कांग्रेसकी माया तिम्सिनाले ७ सय ८३ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा एमालेकी रुपा सार्की ५सय ५ मत प्राप्त गरे । उनले १ हजार ३ सय ७ मत ल्याउँदा कांग्रेसकी अस्मिता दमैले ८ सय २ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य १ एमालेका उत्तम कुरुङ ५ सय १८ मतले विजयी भए । उनले १ हजार २ सय १३ मत प्राप्त गर्दा कांग्रेसका नवराज ६ सय ९५ मत ल्याए ।
खुल्ला सदस्य २ मा एमालेका गजमान गुरुङ ३ सय ३० मतले विजयी भएन । उनले १ हजार १ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका रामबहादुर गौतम खत्रीले ८ सय ६३ मत प्राप्त गरे ।
वडा २३ अध्यक्षमा कांग्रेस विजयी
वडा २३ को वडा अध्यक्षमा कांग्रेसका रामकाजी गुरुङ १ सय १२ मतले विजयी भए । उनले १ हजार ४ सय ८५ ल्याउँदा एमालेका शिवलाल पराजुलीले १ हजार ३ सय ७३ मत ल्याइन् ।
खुल्ला सदस्य १ मा एमालेका चेतबहादुर क्षेत्री १७ मतले विजयी भए । उनले १ हजार ३ सय ३४ मत ल्याउँदा कांग्रेसका गोपाल पराजुलीले १ हजार ३ सय १७ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेसका धनबहादुर गुरुङ ५४ मत सहित विजयी भए । उनले १ हजार ३ सय २९ मत ल्याउँदा एमालेका फवेन्द्र कुमार गुरुङले १ हजार २ सय ७५ मत ल्याए ।
महिला सदस्यमा एमालेका शान्ति शर्मा १ सय ७५ मतले विजयी भए । उनले १ हजार ४ सय ५९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा लामिछानेले १ हजार २ सय ८४ मत ल्याइन् । दलित महिला सदस्यमा एमालेकी रिता सुनार ३ सय ६९ मतले विजयी भइन् । उनले १ हजार ४ सय ३ मत ल्याउँदा माओवादीकी देवकी सुनारले १ हजार ३४ मत ल्याइन् ।
वडा २४ अध्यक्षमा कांग्रेस विजयी
वडा २४ को वडाअध्यक्षमा कांग्रेसका भरतबहादुर अधिकारी ३ सय २७ मतले विजयी भए । उनले २ हजार १ सय ३१ मत ल्याउँदा एमालेका रामचन्द्र थापाले १ हजार ८ सय ४ मत ल्याए ।
खुल्ला सदस्य २ कांग्रेसमा रेशम सुवेदी ४ सय ३४ मतले विजयी भए । उनले १ हजार ९ सय ९३ मत ल्याउँदा माओवादीका शालिकराम सुवेदीले १ हजार ५ सय ५९ मत ल्याए ।
खुल्ला सदस्य १ एमालेका कृष्ण प्रसाद सुवेदी ३ सय २७ मतले विजयी भए । उनले १ हजार ८ सय ७९ मत ल्याउँदा एकीकृत समाजवादीका जिवन कुमार भट्राईले १ हजार ५ सय ५२ मत ल्याए । महिला सदस्यमा एमालेकी सरस्वती त्रिपाठी ५ सय ५ मतले विजयी भइन् । उनले १ हजार ९ सय ५६ मत ल्याउँदा माओवादीकी सोनु सुवेदीले १ हजार ४ सय ५१ म्त ल्याइन् ।
दलित महिला सदस्यमा एमालेकी मैया नेपाली ३ सय ९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ९४ मत ल्याउँदा कांग्रेसकी इन्द्रकुमारी कामीले १ हजार ६ सय ८५ मत ल्याइन् ।
वडा २५ को अध्यक्षमा कांग्रेस विजयी
वडा २५ मा कांग्रेसका मोतिलाल तिम्सिना २३ मतले विजयी भए । उनले २ हजार २ सय ६६ मत प्राप्त गर्दा एमालेका तिर्थबहादुर थापाले २ हजार २ सय १३ मत प्राप्त गरे ।
खुल्ला सदस्य १ मा एमाले कृष्ण बहादुर कुवरँ ९ सय ६० मत सहित विजयी भए । उनले २ हजार ३ सय ६ मत प्राप्त गरे भने माओवादीका सुरेश बहादुर सापकोटाले १ हजार ३ सय ४६ मत प्राप्त गरे । खुल्ला सदस्य २ एमालेका सुवाष भण्डारीले २ हजार २ सय २५ मत सहित विजयी भए । उनले २ हजार २ सय ९० मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिपेन्द्र वास्तोलाले ६५ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेलले ९ सय १७ मत सहित विजयी भइन् । उनले २ हजार ४ सय ६७ मत प्राप्त गर्दा माओवदीकी आरती अधिकारी सापकोटाले १ हजार ५ सय ५० मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा एमालेकी तारा विश्वकर्मा १ हजार ५६ मत सहित विजयी भइने । उनले २ हजार ५ सय २० मत प्राप्त गर्दा माओवादीकी सिता नेपालीले १ हजार ४ सय ६४ मत प्राप्त गरिन् ।
वडा २६ मा कांग्रेस विजयी
वडा २६ को वडा अध्यक्षमा कांग्रेसका नरेन्द्र थापा १ हजार १५ मतले विजयी भए । उनले २ हजार ७ सय ६५ मत ल्याउँदा एमालेका सुर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मत ल्याए ।
खुल्ला सदस्य १ कांग्रेसका तिर्थबहादुर राजभाट १ सय ५३ मतले विजयी भए । उनले २ हजार १ सय ३५ मत ल्याउँदा एमालेका धु्रव थापाले १ हजार ९ सय ८२ मत ल्याए ।
खुल्ला सदस्य २ मा कांग्रेसका सुदिप राज ढुङ्गाना २० मतले विजयी भए । उनले २ हजार ९ मत ल्याउँदा एमालेका बसन्त बञ्जराले १ हजार ९ सय ८९ मत ल्याए ।
महिला सदस्यमा कांग्रेसकी लक्ष्मी देवी भट्टराई ९८ मतले विजयी भइन् । उनले २ हजार २ सय २४ मत ल्याउँदा एमालेकी प्रमिला बरालले २ हजार १ सय २६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सुजता बराल २ सय ६२ मतसहित विजयी भइन् । उनले २ हजार ३ सय ९ मत ल्याउँदा एमालेकी शर्मिला विश्वकर्माले २ हजार ४७ मत प्राप्त गरिन् ।
वडा २७ मा कांग्रेस विजयी
वडा २७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पुर्ण कुमार गुरुङ ४ सय ९४ मतले विजयी भए । उनले २ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका सुर्यमणि लामिछानेले १ हजार ९ सय ४० मत ल्याए ।
खुल्ला सदस्य १ मा कांग्रेसका सुर्य बहादुर वाग्ले ४ सय ९१ मतले विजयी भए । उनले २ हजार ३ सय १२ मत ल्याउँदा नेकपा एमालेका तारानाथ दवाडीले १ हजार ८ सय २१ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका जितेन्द्र बहादुर क्षेत्री ४ सय ७८ मतले विजयी भए । उनले २ हजार ३ सय ९८ मत ल्याउँदा एमालेका प्रकाश देवकोटाले १ हजार ९ सय २० मत ल्याए ।
महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगर १ हजार ६ सय ११ मतले विजयी भइन् । उनले १ हजार ९ सय ६६ मत प्राप्त गर्दा माओवादीकी देवीमाया अधिकारीले ३ सय ५५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी लक्ष्मी विक २ सय ९५ मतले विजयी भइन् । उनले २ हजार २ सय १६ मत ल्याउँदा एमालेकी उमा दमाईले १ हजार ९ सय २१ मत प्राप्त गरिन् ।
२८ मा कांग्रेस विजयी
वडा २८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका श्री कृष्ण लामिछाने १सय ५२ मतले विजयी भए । उनले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका बैन बहादुर गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।
खुल्ला सदस्य १ मा कांग्रेसका कमल थापा ४३ मतले विजयी भए । उनले १ हजार ४ सय ८६ मत ल्याउँदा एमालेका प्रकाश दवाडीले १ हजार ४ सय ४३ मत प्राप्त गरे ।
खुल्ला सदस्य २ मा एमालेका वीरेन्द्र भण्डारी १ सय ७२ मतले विजयी भए । उनले १ हजार ४ सय ७२ मत ल्याउँदा एकीकृत समाजवादीका नारायण बचगाईले १ हजार ३ सय मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी डाल्डादेवी भुजेल १ सय ७६ मतले विजयी भइन् । उनले १ हजार ६ सय ५६ मत ल्याउँदा एमालेकी राधिका पौडेलले १ हजार ४सय ८० मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा कांग्रेसकी इन्द्रकला कामी ४८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ६२ मत ल्याउँदा एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत प्राप्त गरिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-