स्थानीय तह निर्वाचनमा ७ सय ३ पालिकाको मतगणना सम्पन्न भएको छ । कांग्रेसले नेकपा एमालेकोभन्दा १ सय २१ बढी पालिकमा जित निकालेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका छन्।
नेपकाल एमालेले हालसम्म १ सय ९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ। मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।





























प्रतिक्रिया लेख्नुहोस्:-