पोखरा महानगरपालिका अपडेट ९० हजार ५ सय ६१ मत गणना भएको छ । गठबन्धनकाे तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार दिएका धनराज आचार्यले ३६ हजार ४ सय २६ पाएका छन ।
एमालेका उम्मेदवार कृष्ण थापा ३३ हजार 1 सय ३ मत पाएका छन । राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार १ सय ६, स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ४ सय ९ मत पाए ।
उपमेयरमा एमालेकाे उम्मेदवार मञ्जुदेवी गुरुङ ३७ हजार ७ सय १६ मत पाएकी छन् । गठबन्धन तर्फबाट नेपाली कांग्रेसकाे उम्मेदवार कोपिला रानाभाटले ३६ हजार ८ सय ८४, राप्रपा उम्मेदवार रञ्जना सेनले ३ हजार ९ सय ८६ मत ल्याइन ।
प्रतिक्रिया लेख्नुहोस्:-