वडा २७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पुर्ण कुमार गुरुङ ४ सय ९४ मतले विजयी भए । उनले २ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका सुर्यमणि लामिछानेले १ हजार ९ सय ४० मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका सुर्य बहादुर वाग्ले ४ सय ९१ मतले विजयी भए । उनले २ हजार ३ सय १२ मत ल्याउँदा नेकपा एमालेका तारानाथ दवाडीले १ हजार ८ सय २१ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका जितेन्द्र बहादुर क्षेत्री ४ सय ७८ मतले विजयी भए । उनले २ हजार ३ सय ९८ मत ल्याउँदा एमालेका प्रकाश देवकोटाले १ हजार ९ सय २० मत ल्याए । महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगर १ हजार ६ सय ११ मतले विजयी भइन् । उनले १ हजार ९ सय ६६ मत प्राप्त गर्दा माओवादीकी देवीमाया अधिकारीले ३ सय ५५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी लक्ष्मी विक २ सय ९५ मतले विजयी भइन् । उनले २ हजार २ सय १६ मत ल्याउँदा एमालेकी उमा दमाईले १ हजार ९ सय २१ मत प्राप्त गरिन् ।
२८ मा कांग्रेस विजयी
वडा २८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका श्री कृष्ण लामिछाने १सय ५२ मतले विजयी भए ।
उनले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका बैन बहादुर गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे । खुल्ला सदस्य १ मा कांग्रेसका कमल थापा ४३ मतले विजयी भए । उनले १ हजार ४ सय ८६ मत ल्याउँदा एमालेका प्रकाश दवाडीले १ हजार ४ सय ४३ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका वीरेन्द्र भण्डारी १ सय ७२ मतले विजयी भए । उनले १ हजार ४ सय ७२ मत ल्याउँदा एकीकृत समाजवादीका नारायण बचगाईले १ हजार ३ सय मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी डाल्डादेवी भुजेल १ सय ७६ मतले विजयी भइन् । उनले १ हजार ६ सय ५६ मत ल्याउँदा एमालेकी राधिका पौडेलले १ हजार ४सय ८० मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी इन्द्रकला कामी ४८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ६२ मत ल्याउँदा एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत प्राप्त गरिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-