पोखरा । रुपा गाउँपालिकाको सहयोगमा भज्याङ् आयोजनामा बचत तथा ऋण सहकारीले आयोजना गरेको आँखा शिविरमा ३ सय ५९ जनाले आँखा परिक्षण गराएका छन् ।
आँखा शिविरमा १९ जनालाई मोतिबिन्दु देखिएको छ । रुपा गाउँपालिका ५ देउरालीमा गरिएको उक्त कार्याक्रममा हिमालयन आँखा अस्पतालले प्रविधिक सहयोग गरेको हो ।
भज्याङ् बचत तथा ऋण सहकारीको अध्यक्ष आनन्दलाल जोशीको अध्यक्षतामा भएको उक्त कार्याक्रममा नेता लाल सुब्बा गुरुङ, सामाजसेवी हिमायलन आँखा अस्पताल तर्फबाट प्रविधिक लगायतले कार्याक्रममा भनाइ राखेको थिए ।
सहकारीका सचिव रविराज घिमिरेले कार्याक्रम संचालन गरेको थिए । सहकारीले यस भन्दा अघि पनि विभिन्न सामाजिक काम गदै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-