पोखरा । लायन्स क्लब अफ पोखरा युनिटि चौतारीको वर्ष २०२२/२३ को अध्यक्षमा रविराज घिमिरे चयन भएका छन । प्रथम उपाध्यक्ष कृष्ण गिरी, द्वितीय उपाध्यक्ष शान्ति पुर्जा, सचिव सुमि गिरी, कोषाध्यक्ष सुरज गिरि, सह सचिव अमृत कार्की चयन भएका छन ।
मेम्बर सीप चियर हिरा जिसी चयन गरिएको छ । अन्य सदस्य तथा पदाधिकारी बैठकले चयन गर्नेछ ।
निवाचित अध्यक्ष घिमिरेले क्लबलाई अझै दुर्त गतिमा अघि बढाउने बताए । जिल्लाको नै उत्कृष्ट क्लबको रुपमा बिकास गर्ने योजना रहेको सुनाए ।
निर्वमान अध्यक्ष रामेश्वर सुवेदी क्लब जिल्लामा उत्कृष्ट रहेको जानकारी गराउदै अझ बलियो भएर बढन सुझाब दिए । उनले क्लबले यस भन्दा अघि गर्दै आएका कामलाई पनि निरन्तरता दिन अनुरोध गरे ।
कार्यक्रममा लायन्स किशोर सुवेदी, थापा संस्थापक अध्यक्ष लायन्स सरस्वती गिरी, लायन्स प्रथम उपाध्यक्ष कृष्ण गिरी लगायतले कार्याक्रमा भनाइ राखेका थिए ।
लायन्स क्लब अफ पोखरा युनिटि चौतारीमा २२ जना सदस्य रहेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-