पोखरा महानगरपालिकाको वडा ७ मा कांग्रेस विजयी हुँदा वडा २० मा एमाले अगाडि रहेको छ।
वडा ७ को वडा अध्यक्षमा कांग्रेसका राम मोहन आचार्य अगाडि हुँदा १ हजार १ सय ८० मत प्राप्त गर्दा एमालेका किशोर बरालले १ हजार ८७ मत ल्याए ।
महिला सदस्य एमालेकी बसुन्धरा लामिछाने १ हजार १ सय १८ मत सहित अगाडि हुँदा कांग्रेसकी विनिता अधिकारी १ हजार १ सय ३ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा एमालेकी सुनिता सुनार १ हजार ९६ मत सहित अगाडि हुँदा कांग्रेसकी पूर्ण कुमारी नेपालीले १ हजार ९४ मत प्राप्त गरिन् । खुल्ला सदस्य १ मा कांग्रेसका अजित कार्की १ हजार १ सय २ मत अगाडि हुँदा एमालेका अर्जुन बहादुर भुजेलले १ हजार ७० मत प्राप्त गरे ।
खुल्ला सदस्य २ मा एमालेका विष्णुमणी बरालले १ हजार ९३ मत प्राप्त गर्दा कांग्रेसका विष्णु प्रसाद सुवेदीले १ हजार ५९ मत प्राप्त गरे ।
वडा २० को वडा अध्यक्षमा एमालेका गंगा बहादुर खत्रीले १ हजार २ मत प्राप्त गर्दा गर्दै विजयी हुँदा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी मिना पौडेल १ हजार २ सय ८७ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी माया तिम्सिनाले ७ सय ८३ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी रुपा सार्की १ हजार ३ सय ७ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी अस्मिता दमैले ८ सय २ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य १ एमालेका उत्तम गुरुङ १ हजार २ सय १३ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका नवराज ६ सय ९५ मत ल्याए ।
खुल्ला सदस्य २ मा एमालेका गजमान गुरुङ १ हजार १ सय ९३ सहित विजयी हुँदा कांग्रेसका रामबहादुर गौतम खत्रीले ८ सय ६३ मत प्राप्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-