नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आफ्ना नेता तथा कार्याकर्ताको रिहाइको माग गरेको छ । उनीहरुलाइ रिहाइको माग गदै प्रेस विज्ञप्ती जारी गरिएको हो ।
बैशाख २८ गते साँझ ८ : १० बजेको समयमा स्थानिय चुनावलाई प्रभावित पार्न नेकपा माओवादी समुहले नै योजनाबद्ध रुपमा बिस्पोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । जेठ १ गते बुटवलको नयागाउँबाट नेकपा माओवादीका केन्द्रिय महासचिव बर्ष २७का सुरेश खनाल, केन्द्रिय सदस्य बर्ष ३० का फणिन्द्र गरतौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ पक्राउ परेका छन ।
उनीहरुलाई रिहाइ नगरे विभन्न संघर्षका कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा जेठ ६ गते क्रान्तिकारी संघ बसेर रिहाइको लागि छलफल गर्ने बताएको छ । ७ गते ७ गते मानवअधिकारवादी, ८ गते पत्रकार संग छलफल, ९ गते सरोकारवाल संग बसेर छलफल गर्ने, ११ गते प्रत्येक सदरमुकाममा विरोध प्रदर्शन गर्ने, १२ गते मसल जुलुस, लगायतका कार्याक्रमको घोषण गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-