२०७९ असार १७, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गछौं’

गण्डकी प्रेस
जेष्ठ ४, २०७९ १८:४१ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल
6
SHARES
Share on FacebookShare on Twitter


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको इतिहास र हाल गर्दै आएका कामका बारेमा स्थलगतरुपमै जानकारी लिन आफू अनुगमनमा आएको उनले सुनाए ।

विभिन्न कारणले स्पाइनल कर्डको समस्या भएका बिरामीका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको सुनाउँदै उनले यसका लागि अस्पतालबाट सुझावको अपेक्षा गरेको उनले सुनाए । प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको सुनाउँदै उनले आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘रगत लिँदा बिरामीका आफन्तले रकम तिर्नु पर्ने अवस्था थियो, हुन त प्राविधिक परीक्षण र अन्यमा खर्च भएको रकम हो त्यो, त्यै पनि अब प्रदेश सरकारले बेहोरिदिने भएको छ ।’ मृगौलाको बिरामीको निशुल्क डायलासिस गर्ने बारेमा समेत प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री पोखरेलले सुनाए ।

उक्त अवसरमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड््काले कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले अहिले विविध क्षेत्रमा पु¥याएको सेवाको खुलेरै कदर गरे । अस्पतालको सेवा विस्तारका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

आइएनएफका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पोखरा वाहेक सुर्खेत र नेपालगन्जमा समेत अस्पताल सञ्चालनमा रहेको भन्दै पोखरामा अन्यत्रभन्दा भिन्न र विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी गराए । अस्पतालमा उपचार मात्र नभएर जीवन कसरी जिउने भनेर त्यसै अनुसारका तालिम समेत प्रदान गरिने उनले बताए ।

अस्पतालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा अस्पतालका निर्दशक डा. अरुणकुमार बुढाले जानकारी गराए । राणा शासनको अन्त्य लगत्तै भारतबाट आएको विशेषज्ञको टोलीले नेपालीको समेत सहभागितामा विसं २००९ सालमा पोखरामा सबैभन्दा पहिला साइनिङ अस्पताल खुलेको थियो । करिब ८५ लाख जनसंख्या र करिब २ प्रतिशत नागरिक कुष्ठरोगको प्रभावमा रहेका बेला पोखरामा साइनिङ अस्पताल खुलेको थियो । डा. बुढाले परिवर्तित अवस्थासँगै सेवा प्रवाहमा समेत विकास गरिएको उनले जानकारी गराए । अपांगता भएकाहरुको लागि कृत्रिम हातखुट्टा बनाउनेदेखि, श्रवणयन्त्रको काम समेत उक्त अस्पतालमा हुने गरेको छ ।

१६ वर्षको उमेरमा रुखबाट खसेर ढाड भाँचिएपछि जीवनको आशा मारेकी स्याङ्जा भीरकोटकी पूनम विकले उक्त अवसरमा आफ्नो कथा सुनाइन् । दुर्घटनालगत्तै भारतमा गएर उपचार गराए पनि पूर्णरुपमा निको नहुँदा दिसापिसाव भएको समेत थाहा नहुने अवस्थामा आफू पुगेको उनले सुनाइन् । उनले स्मरण गरिन्, ‘दसैंमा टीका लगाइदिँदा समेत आफन्तले यस्तो हुनुभन्दा बरु उतिबेलै मरेको भए मलाई र परिवारवालाई सजिलो हुनेथियो भन्थे, जीवनको आशा थिएन, यो अस्पतालमा आएर उपचार गराएपछि जीवन फेरिएको छ ।’ पूनम अहिले हरियोखर्क अस्पतालमै जागिरे छन् ।
अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, स्वास्थ्य सचिव डा. श्रीराम तिवारीसहित सहभागी थिए ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा
प्रमुख समाचार

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा
अपराध

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मुखियालाई गोली हानेको अभियोगमा अभियोगमा दुई जना पक्राउ

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

प्रदेश स्तरीय ब्याडमिन्टन महिला तर्फको क्वाटरफाइनल खेल सम्पन्न

प्रदेश स्तरीय ब्याडमिन्टन महिला तर्फको क्वाटरफाइनल खेल सम्पन्न

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

मादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी

मादी गाउँपालिका अध्यक्षमा २४ वर्षिय युवाको अटेरी उम्मेदवारी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा