पोखरा । पोखरा महानगरपालिकाको मत गणनास्थलमा रिपोर्टिङमा खटिएका पत्रकारमाथि नेकपा एमालेका नेता दामोदर बैरागीले अपशब्द बोल्दै आफ्ना कार्यकर्तालाई पिट्न आदेश दिएका छन ।
मत गणनामा विवादमा भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा नेता दामोदर बैरागी अपशब्द प्रयोग गर्दै धम्की दिएका हुन् । नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-