काठमाडौं– काठमाडौं महानगरपालिकामा ४० हजार भन्दा धेरै मत गणना भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४० हजार ५०५ मत गणना भएको छ।

जसमा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार ७७५ मत ल्याएर फराकिलो अग्रता लिइरहेका छन्। दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३४८ मत ल्याएकी छन्।
प्रतिक्रिया लेख्नुहोस्:-