काठमाडौं । पालिका चुनाव–२०७९ अन्तर्गत बुधबार बिहान सावा सात बजेसम्म ४१५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
सार्वजनिक मत परिणाम अनुसार कांग्रेसले अग्रता लिइरहेको छ। पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९० पालिकामा जित हासिल गरेको छ। र, कांग्रेसले १२६ पालिकामा अग्रता लिइरहेको छ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ११८ पालिकामा जित सुनिश्चित गरेको छ। यसका साथै उसले ७९ पालिकामा डिल गरिरहेको छ।
पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्र अहिलेसम्म ८३ पालिकामा विजयी भइसकेको छ। अहिलेसम्म माओवादीले ३२ स्थानीय तहमा अग्रता कायम गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ७ पालिकामा जित हासिल गरेको छ। उसले १५ पालिकामा अग्रता लिइरहेको छ। यस्तै जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित हासिल गर्नुका साथै २९ स्थानीय तहमा अग्रता कायम गरेको छ। लोकतान्त्रिक समाजवादी भने १० स्थानमा लिड गरिरहेको छ।
स्वतन्त्रलगायत अन्यले १२ स्थानमा जित हासिल गरिसकेका छन्। यस्तै १५ स्थानमा अन्यले अग्रता लिइरहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-