झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् । एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।
रविन्द्रले ६ हजार ८५६ मत पाउँदा गिरीले ४ हजार ६६६ मत पाएका छन् । उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् । लिङ्देन यसअघि पनि गाउँपालिका अध्यक्ष थिए । झापाका अन्य केही पालिकामा राप्रपाले प्रतिस्पर्धा गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-