काठमाडौं । तनहुँको बन्दिपुर गाउँपालिकामा नेकपा(एमाले) विजयी भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेबाट सुरेन्द्रबहादुर थापा विजयी भएका हुन् ।

विजयी थापाले ३ हजरा २२९ मत प्राप्त गरे । दोस्रो भएका माओवादीका पूर्णसिंह थापाले ३ हजार १६६ मत प्राप्त गर्दा कांग्रेसका ध्रुवलाल प्रधानले २ हजार ७८९ मत प्राप्त गरे ।
उपाध्यक्षतर्फ कांग्रेस विजयी भयो । कांग्रेसका उमेदवार पञ्चमाया गुरुङ्गले ३ हजार २७ मत प्राप्त गरिन् । माओवादीका उमेदवार करुणा गुरुङ्गले ३ हजार २५ मत प्राप्त गरको आयोगले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-