पोखरा । पाँच स्थानीय पालिका रहेको कास्की जिल्लामा २ पालिकामा एमाले र दुई पालिकामा गठबन्धन विजय भएको छ । ४ स्थानीय तहको निर्वाचनको मत गणना सम्पन्न भएका छन् ।
कास्कीका दुई पालिकामा नेपाली कांग्रेसले विजयी हासिल गर्दा दुई पालिकामा गठबन्धन विजयी भएका छन् ।
कास्कीको रुपा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा एमाले विजयी हुँदा मादी गाउँपालिका र माछापुच्छे गाउँपालिकामा गठबन्धन विजयी भएका छन् ।
रुपा गाउँपालिकामा एमालेले आफ्नो विरासत जोगाएको छ । नवराजले ५ हजार ७ सय ४९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसकी गिमाया गुरुङले ४ हजार १३७ मत प्राप्त गरिन ।
यस्तै उपप्रमुखमा लालसुवाले ५ हजार ३३२ मत पाउँदा कांग्रेसका नारायण श्रेष्ठले ४ हजार १५३ मत ल्याए । एमालेले सो गाउँपालिकामा यसअघिका प्रमुख र उपप्रमुखलाई नै उम्मेदवार दोहो¥याएको थियो । पालिकाको ७ मध्ये ६ वटामा एमालेकै उम्मेदवार विजयी बनेका छन् ।
अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका विष्णुबहादुर केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।
नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार ० सय १४ मत प्राप्त गरीन् । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।
माछापुच्छे्र गाउँपालिकामा यस अघि एमालेले विजयी हासिल गरेपनि अहिले कांग्रेसले जितेको छ । पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिन बहादुर गुरुङ ५ हजार ९ सय ८१ सहित विजयी भए । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका विक्रम गुरुङले ५ हजार पाँच सय १५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सिता अधिकारी ५ हजार २ सय ७५ मत सहित विजयी भइन् । उनको प्रतिद्धन्द्धी नेकपा एमालेकी सिता तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरिन् ।
मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङ विजयी भएका छन् । उनले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र गुरुङले ५ हजार ६ सय ५० मत प्राप्त गरे । उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङ विजयी भइन् । कल्पनाले ५ हजार ८ सय २८ मत प्राप्त गर्दा गठबन्धनका लालबहादुर गुरुङले ५ हजार ६ सय १६ मत प्राप्त गरे ।
पोखरामा गठबन्धको अग्रता कायमै रहेको छ । गठबन्धनका धनराज आचार्यले ९ हजास ४ सय २ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ५ सय ४८ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ९ हजार ६ सय ७९ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ९ हजार ४० मत प्राप्त गरिन् । राप्रपाकी रञ्जना सेनले ९ सय १९ मत प्राप्त गरिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-