२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तनहुँमा सात पालिका : एमाले ४, कांग्रेस २ र माओवादीको १ स्थानमा जीत

गण्डकी प्रेस
जेष्ठ ३, २०७९ १४:०४ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
तनहुँमा सात पालिका : एमाले ४, कांग्रेस २ र माओवादीको १ स्थानमा जीत
13
SHARES
Share on FacebookShare on Twitter

तनहुँ : दश स्थानीय तह रहेको तनहुँमा हालसम्म सात पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बाँकी तीन पालिकामध्ये व्यास नगरपालिका बाहेक अन्य दुई पालिकामा मतगणना भइरहेको छ। सार्वजनिक मत परिणाम अनुसार नेकपा एमालेले चार, कांग्रेसले दुई र माओवादी केन्द्रले एक पालिकामा विजय हासिल गरेको छ।

जिल्लाको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। कडा प्रतिष्पर्धाकाबीच एमालेका सुरेन्द्र थापा अध्यक्षमा र कांग्रेसकी पञ्चमाया गुरुङ उपाध्यक्षमा विजयी भए। अध्यक्षमा विजयी थापाले ३ हजार २२९ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष पुर्णसिं थापाले ३ हजार १६६ मत पाएका छन्।

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष करुणा गुरुङ दुई मतले पछाडि परिन्। कांग्रेसकी पञ्चमायाले ३ हजार २७ मत पाउँदा करुणाले ३ हजार २५ मत पाएकी छन्।

भिमाद नगरपालिकामा गठबन्धनलाई पराजित गरी नेकपा एमाले विजयी भएको छ। नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गरी नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो। प्रमुखमा दधिराज सुवेदी २ हजार २७२ मतान्तरले विजयी भए। सुवेदीले ८ हजार १२८ मत ल्याउँदा उनका निकटतम प्रत्याशी काजिमान श्रेष्ठले ५ हजार ८५६ मत पाए। त्यस्तै उपप्रमुखमा शारदा खनाल दोहोरिएकी छिन्। खनालले ७ हजार ६६७ मत पाइन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत ल्याए।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (माओवादी) केन्द्रले जितेको छ। गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन्। अध्यक्ष चुमान ३ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे। पराजित थापा निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा अर्याल २ हजार ४ मत प्राप्त गरी विजयी हुदाँ प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १ ८३ मत प्राप्त गरेकी थिइन्।

देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका तिलबहादुर थापा विजयी भएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ विजयी भए। अध्यक्षमा विजयी थापाले ४ हजार ३०६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले ३ हजार ४८३ मत पाएका थिए। पराजित थापा पनि निवर्तमान पालिका अध्यक्ष हुन्। त्यस्तै, उपाध्यक्षमा विजयी गुरुङले ३ हजार ७२१ मत प्राप्त गरे। प्रतिस्पर्धी नेकपा ९एमाले० का सावित्री न्यौपानेले ३ हजार ४६७ मत पाइन्।

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो। गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाले ४ हजार ३१ मत पाए। उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गङ्गा कुमालले ३ हजार ५५४ मत ल्याएका थिए। उपाध्यक्षमा नेकपा एमालेकै राधादेवी अधिकारी चार हजार चार सय ८१ मत प्राप्त गरी विजयी हुँदा नेपाली काङग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले २ हजार ७४७ मत प्राप्त गरेका थिए।

त्यस्तै, म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन्। उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुन्। श्रेष्ठले ४ हजार ९५० मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका मायादेवी रानाले ४ हजार २३२ मत प्राप्त गरिन्। पराजित राना निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा काङ्ग्रेसका बालकृष्ण घिमिरेले ५ हजार ३९ मत प्राप्त गरे भने एमालेका रत्नादेवी घिमिरेले ४ हजार २०० मत प्राप्त गरिन्। विजयी घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन्।

रिसिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको छ। आइतबार दिउँसो सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका हुन्। श्रेष्ठ र थापा दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकामा मतगणना भइरहेको छ। शुक्लागण्डकीमा आजै अन्तिम मत परिणाम आउने अनुमान गरिएको छ। कुल २५ हजार ७४७ मत खसेको शुक्लागण्डकीमा १९ हजार ७५१ मत गणना हुदाँ नेपाली कांग्रेसका प्रमुख उम्मेदवार कृष्णराज पण्डितले १ हजार ४७३ को अग्रता लिएका छन्। पण्डितले ९ हजार २३१ मत प्राप्त गर्दा एमालेका मुक्तिनाथ तिम्सिनाले ७ हजार ७५८ मत ल्याएका छन्।

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका खुमबहादुर वि:कले ७ हजार ७५८ र एमालेकी फूलमाया वाग्लेले ७ हजार ५४७ मत पाएकी छिन्। भानु नगरपालिकामा पनि प्रमुखमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। व्यास नगरपालिकामा भने मत गणना सुरु नै भएको छैन। गएको शुक्रबार मतदानको क्रममा वडा नं ८ रिस्तीमा उम्मेदवार कुटाकुट भएपछि निर्वाचन आयोगले मतदान कार्य स्थगित गरी जेठ ०४ गते बुधबारलाई पुनः मतदान गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद