२०७९ असार १९, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तनहुँमा सात पालिका : एमाले ४, कांग्रेस २ र माओवादीको १ स्थानमा जीत

गण्डकी प्रेस
जेष्ठ ३, २०७९ १४:०४ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
तनहुँमा सात पालिका : एमाले ४, कांग्रेस २ र माओवादीको १ स्थानमा जीत
8
SHARES
Share on FacebookShare on Twitter


तनहुँ : दश स्थानीय तह रहेको तनहुँमा हालसम्म सात पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बाँकी तीन पालिकामध्ये व्यास नगरपालिका बाहेक अन्य दुई पालिकामा मतगणना भइरहेको छ। सार्वजनिक मत परिणाम अनुसार नेकपा एमालेले चार, कांग्रेसले दुई र माओवादी केन्द्रले एक पालिकामा विजय हासिल गरेको छ।

जिल्लाको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। कडा प्रतिष्पर्धाकाबीच एमालेका सुरेन्द्र थापा अध्यक्षमा र कांग्रेसकी पञ्चमाया गुरुङ उपाध्यक्षमा विजयी भए। अध्यक्षमा विजयी थापाले ३ हजार २२९ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष पुर्णसिं थापाले ३ हजार १६६ मत पाएका छन्।

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष करुणा गुरुङ दुई मतले पछाडि परिन्। कांग्रेसकी पञ्चमायाले ३ हजार २७ मत पाउँदा करुणाले ३ हजार २५ मत पाएकी छन्।

भिमाद नगरपालिकामा गठबन्धनलाई पराजित गरी नेकपा एमाले विजयी भएको छ। नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गरी नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो। प्रमुखमा दधिराज सुवेदी २ हजार २७२ मतान्तरले विजयी भए। सुवेदीले ८ हजार १२८ मत ल्याउँदा उनका निकटतम प्रत्याशी काजिमान श्रेष्ठले ५ हजार ८५६ मत पाए। त्यस्तै उपप्रमुखमा शारदा खनाल दोहोरिएकी छिन्। खनालले ७ हजार ६६७ मत पाइन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत ल्याए।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (माओवादी) केन्द्रले जितेको छ। गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन्। अध्यक्ष चुमान ३ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे। पराजित थापा निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा अर्याल २ हजार ४ मत प्राप्त गरी विजयी हुदाँ प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १ ८३ मत प्राप्त गरेकी थिइन्।

देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका तिलबहादुर थापा विजयी भएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ विजयी भए। अध्यक्षमा विजयी थापाले ४ हजार ३०६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले ३ हजार ४८३ मत पाएका थिए। पराजित थापा पनि निवर्तमान पालिका अध्यक्ष हुन्। त्यस्तै, उपाध्यक्षमा विजयी गुरुङले ३ हजार ७२१ मत प्राप्त गरे। प्रतिस्पर्धी नेकपा ९एमाले० का सावित्री न्यौपानेले ३ हजार ४६७ मत पाइन्।

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो। गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाले ४ हजार ३१ मत पाए। उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गङ्गा कुमालले ३ हजार ५५४ मत ल्याएका थिए। उपाध्यक्षमा नेकपा एमालेकै राधादेवी अधिकारी चार हजार चार सय ८१ मत प्राप्त गरी विजयी हुँदा नेपाली काङग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले २ हजार ७४७ मत प्राप्त गरेका थिए।

त्यस्तै, म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन्। उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुन्। श्रेष्ठले ४ हजार ९५० मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका मायादेवी रानाले ४ हजार २३२ मत प्राप्त गरिन्। पराजित राना निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा काङ्ग्रेसका बालकृष्ण घिमिरेले ५ हजार ३९ मत प्राप्त गरे भने एमालेका रत्नादेवी घिमिरेले ४ हजार २०० मत प्राप्त गरिन्। विजयी घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन्।

रिसिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको छ। आइतबार दिउँसो सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका हुन्। श्रेष्ठ र थापा दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकामा मतगणना भइरहेको छ। शुक्लागण्डकीमा आजै अन्तिम मत परिणाम आउने अनुमान गरिएको छ। कुल २५ हजार ७४७ मत खसेको शुक्लागण्डकीमा १९ हजार ७५१ मत गणना हुदाँ नेपाली कांग्रेसका प्रमुख उम्मेदवार कृष्णराज पण्डितले १ हजार ४७३ को अग्रता लिएका छन्। पण्डितले ९ हजार २३१ मत प्राप्त गर्दा एमालेका मुक्तिनाथ तिम्सिनाले ७ हजार ७५८ मत ल्याएका छन्।

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका खुमबहादुर वि:कले ७ हजार ७५८ र एमालेकी फूलमाया वाग्लेले ७ हजार ५४७ मत पाएकी छिन्। भानु नगरपालिकामा पनि प्रमुखमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। व्यास नगरपालिकामा भने मत गणना सुरु नै भएको छैन। गएको शुक्रबार मतदानको क्रममा वडा नं ८ रिस्तीमा उम्मेदवार कुटाकुट भएपछि निर्वाचन आयोगले मतदान कार्य स्थगित गरी जेठ ०४ गते बुधबारलाई पुनः मतदान गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

६ सयबढी डोज कोरोना खोप चोरी
प्रमुख समाचार

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा
प्रमुख समाचार

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा
अपराध

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

६ सयबढी डोज कोरोना खोप चोरी

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बालेन पुगे मतगणना स्थल

काठमाडौं महानगरमा फेरि बालेनको अग्रता, बालेनले ६३३ मत प्राप्त गरे

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रोक्न माओवादीको माग

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रोक्न माओवादीको माग

राप्रपाबाट मेयरमा शंकर, उपमेयरमा रन्जना सर्वसम्मत चयन

राप्रपाबाट मेयरमा शंकर, उपमेयरमा रन्जना सर्वसम्मत चयन