पोखराः पोखरा लेखनाथ महानगरपालिकाको ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । महानगरको ४ को अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका देव कृष्ण पराजुली विजयी भएका छन् । उनले ८ सय २० मत पाएका छन भने एमालेबाट उम्मेदवारी दिएका मदन कुमार मुल्मीले ७ सय ५४ मत मात्र पाएका छन ।
कांग्रेसबाट उम्मेदवारी दिएकी विष्णुमाया परियारले ९ सय ५७ महिला सदस्य पार्वती श्रेष्ठ माकाजुले ९ सय ५६ मत, खुल्ला सदस्यमा प्रकास कोइरलाले ९ सय ६६ र खुल्ला सदस्यमा संजय कुमार श्रेष्ठ ९ सय ३० मत ल्याएका छन ।
यस भन्दा पोखरामा कांग्रेसले पोखरा २, १२, ३, २३ लगायतका वडामा जितेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-