काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन ९बालेन्द्र० शाहको हारजितको विषयलाई लिएर बाजी राखेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ।
शाहको हारजितको विषयमा लिखित रुपमा २८ किलोको खसीको बाजी गरेको विषय सार्वजनिक भएपछि प्रहरीले बाजी राखेको आारोपमा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–५ का विजय फुयाल र रमेश खड्कालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालका अनुसारलाई उनीहरुलाई सोधपुछका लागि बोलाइएको छ। उनीहरु अहिले प्रहरी कार्यालयमै छन्।
कानुन विपरीत हारजित हुने गरी सट्टाबाजी राखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-