सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो ।
गाडीको छतमा झन्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई बिजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आएको छैन । रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-