भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ मतले उछिनेकी छन् । १० हजार २०६ मत गन्दा सुवेदीले ३ हजार ५७५ मत पाएका छन् भने उनलाई ३ मतले जितेकी रेनुले ३ हजार ५७८ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३ मत पाएर अग्रता लिएका छन् भने राप्रपाका हिमला गुरुङले २ हजार ८१६ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-