पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा फर्जी मत भेटिएपछि सुरु भएको विवाद बढ्दै जाँदा झडप भएको छ। निर्वाचन अधिकृतको कार्यालय नजिकै प्रहरी र पुन : मतदानको माग गर्दै आन्दोलनमा उत्रेका युवाबीच झडप भएको हो।
झडपमा आन्दोलनकारीतर्फ कम्तीमा सात र प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ४ जना गरी १० जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार भीड बढ्दै गएपछि नियन्त्रणका लागि ८ सेल अश्रुग्याास प्रहार गरिएको थियो। भीडमा रहेका रम्भा गाउँपालिका–१, हुागीका बासुदेव गाहा गम्भीर घाइते भएर उपचारका लागि तानसेन पठाएको प्रहरीले जनाएको छ।
रम्भा गाउँपालिका–५, ताहुँमा भएको मतगणनामा ७४ मत फर्जी देखिएपछि शनिबार बेलुकीदेखि नै रम्भामा चार दल आन्दोलित भएका छन्।
नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, मंगलोल नेशनल अर्गनाइजेसन पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार विभागीय कारबाही तथा पुनः मतदानका लागि माग गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-