चितवन । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख (मेयर) पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच २ भोटको मतान्तर रहेको छ ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणुले २४२५ मत प्राप्त गर्दा एमालेका विजयले २४२३ मत प्राप्त गरेका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७९५ मत ल्याएका छन् ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २५५२ मत ल्याउदा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की हिमला गुरुङले १८४९ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-