पोखरा। रसुवाको कालिका गाउँपालिकामा २०७४ सालमा अध्यक्ष पद विजेता सीता कुमारी पौडेल महिलातर्फको वडा सदस्यमै पराजित भएकी छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा एक हजार चार सय ५८ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटम प्रतिद्वन्दीले एक हजार दुई सय २५ मत ल्याएका थिए।
अघिल्लो निर्वाचनमा दुई सय ३३ मतान्तरले विजय प्राप्त गरेकी पौडेल यसपटक भने वडामै १९९ मतान्तरले पराजित भएकी छन्। नेपाली कांग्रेसकी किप्पा थोक्रा ८८९ मत प्राप्त गरेर विजयी भएकी छन्। पौडेलको पक्षमा भने ६९० मत खसेको छ।
यससँगै कालिका गाउँपालिका २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। थोक्रासहित वडा अध्यक्षमा उमेश न्यौपाने, दलित महिला सदस्यमा लिला नगर्जि र खुला सदस्यमा किप्पा छिरिङ स्याङ्वा (कुमार) र शेरबहादुर गलान विजयी भएका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-