दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) विजयी भएका छन् । गठबन्धनका उम्मेदवार बोहरा २३०४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका धर्मानन्दसिंह मन्यालले भने १३८५ मत मात्रै ल्याएका छन् ।

यो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार देवकीदेवी बोहरा विजयी भएकी छन् । उनले २०२७ मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार उर्मिला बोहराले १३९१ मत ल्याएकी छिन ।
प्रतिक्रिया लेख्नुहोस्:-