नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट दोब्बर मतले अगाडि रहेका छन्।
आइतबार मध्याह्न १ः३० बजेसम्म भएको मतगणनामा विष्टले दुई हजार ८१२ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता लिइरहेका छन्।
उनका प्रतिस्पर्धी एमालेका पशुपतिदयाल मिश्रले एक हजार ४११ मत पाएका छन्। त्यस्तै, राप्रपका नन्दालल वैश्यले एक हजार ३३४ मत पाएका छन्।
यसैगरी, उपमेयरमा गठबन्धनबाट जसपाका करुद्धिन राइले एक हजार ८१३ मत पाएर अग्रस्थानमा छन्। राप्रपाकी विन्दुचर्ति मगरले एक हजार १३० र एमालेकी शान्तिदेवी ढकालले ८९७ मत पाएकी छन्।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दढडटट
प्रतिक्रिया लेख्नुहोस्:-