काठमाडौँ– भक्तपुर नगरपालिकामा ७ हजार ७ सय ५ मतान्तरले नेपाल मजदुर किसान पार्टी अगाडि छ । हालसम्म नेमकिपाका मेयर उम्मेदवार सुनिल प्रजापतिले ९ हजार ४ सय ८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामप्रसाद कासुला १७ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा पनि नेमकिपाकै उम्मेदवार रजनी जोशीले फराकिलो मतान्तरले लिड गरिरहेकी छिन् । उनले हालसम्म ९ हजार ५ सय ६८ मत ल्याएकी छन् । उनकी प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार रञ्जना खर्बुजाले भने १२ सय ५ मात्र मत प्राप्त गरेकी छिन् । उनीहरू बीच ८ हजार ३ सय ६३ मतान्तर छ ।
प्रतिक्रिया लेख्नुहोस्:-