काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।

दाहालले ११० मतको अग्रता राखेकी हुन्। ताजा मतपरिणाम अनुसार दाहालले १ हजार १ सय ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ६८ मत पाएका छन्। सुवेदीलाई राप्रपाको पनि साथ छ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-