मध्यरातमा मतगणनाको रिपोर्टिङमा गएका मोरङ रंगेलीका पत्रकार रवीन्द्र बरालमाथि कुटपिट भएको छ।
कुटपिट भएको भन्दै बरालले प्रहरीमा उजुरी दिएका छन्। मोरङको रंगेली नगरपालिकाको मत गणना स्थलमा रहेका बराललाई बाहिर निस्किँदै गर्दा कुटपिट भएको हो। राति साढे ११ बजेको समयमा नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको विषयलाई लिएर कुटपिट गरेको बरालले जानकारी दिए।
एभिन्युज टेलिभिजकोे रंगेली संवाददाता बराललाई रंगेली नगरपालिका वडा नम्बर ४ का नेपाली कांग्रेसका कार्यकर्ता विकास अधिकारी र रंगेली कै जनमत पार्टीका रुपेश यादव सहितको समूहले कुटपिट गरेको उजुरीमा उल्लेख छ।
उनीहरु बिरुद्ध बरालले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। यसैबीच नेपाल पत्रकार महासंंघ मोरङले रिपोर्टिङको क्रममा पत्रकारमाथि भएको घटनाको ध्यानाकर्षण भएको बताएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-