गोरखा । मतगणनाको दोस्रोदिन आइतबार बिहानसम्म गोरखाका २४ वटा वडाको अन्तिम नतिजा आएको छ । जसमध्य माओवादी केन्द्रले ११ वटा वडा जितेको छ । कांग्रेसले १० वटा, एमालेले दुईवटा र जसपाले एउटा वडामा जित हात पारेको छ ।
माओवादी केन्द्रले पालुङटार नगरपालिका वडा १०, अजीरकोट गाउँपालिका १, २, ३, धार्चे गाउँपालिकाको १ र २, चुमनुब्री गाउँपालिकाको ६, भीमसेन थापा गाउँपालिका १, सहिदलखन गाउँपालिकाका २ र ४ र गण्डकी गाउँपालिका १ मा जित हात पारेको छ ।
निर्वाचन कार्यालयका अनुसार पालुङटार १० मा ऋषिराज धौराली, अजीरकोट १ मा मनोज गुरुङ, २ मा कृष्णबहादुर गुरुङ र ३ मा बाबुराम अधिकारी, धार्चे १ मा रामसिँह गुरुङ, २ मा सरोज गुरुङ विजयी भएका हुन् । त्यस्तै चुमनुब्री ६ मा सरोज लामा, भीमसेन १ मा विकास श्रेष्ठ, सहिदलखन २ मा सकुन थापा र ४ मा यमबहादुर थापा(अरुण), गण्डकी १ मा तोपमान गुरुङ वडाअध्यक्ष भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिका १ र २, सिरानचोक १, बारपाक सुलीकोट १ र ३, आरुघाट गाउँपालिका १, २, ३ र भीमसेन थापा गाउँपालिका २ र ३ मा जित हात पारेको हो ।
गोरखा नगरपालिका १ मा हिक्मतजंग कुँबर, २ मा रहमतुल्ला मिया, सिरानचोक १ मा मनिता गुरुङ वडा अध्यक्ष भएका छन् । त्यस्तै बारपाक सुलीकोट १ मा धनबहादुर घले, ३ मा बलबहादुर गुरुङ, आरुघाट १ मा गजे घले(सानु), २ मा रमेशकुमार लामिछाने, ३ मा टेकबहादुर अधिकारी र भीमसेनथापा गाउँपालिका वडा नं। २ मा नारायण भट्टराई र ३ मा ऋषिराम लामिछाने वडाअध्यक्ष बनेका छन् । एमालेले गोरखा नगरपालिका ३ र शहीदलखन गाउँपालिका १ मा जीत हात पारेको हो । गोरखा नगरपालिका ३ मा चुलबहादुर कुँबर(सानुकाजी) र सहिद लखन १ मा प्रेम गुरुङ वडाअध्यक्ष बनेका हुन् ।
पालुंटार नगरपालिका १ मा जसपाका कृष्णबहादुर परियार वडाअध्यक्षमा विजयी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-