काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित भएका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाएका छन् । अध्यक्ष रावल २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।
यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह ९भरत० विजयी भएका छन् । उनले १ हजार ८७२ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाएका छन् ।
यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही ९४६९०, वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल ९२६००, वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा ९२७१०, वडा नम्बर ४ मा कांग्रेसका रंगमति शाही ९निर्विरोध० र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही ९४९२० मत ल्याएर निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो । हुम्लामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-