स्थानीय तह निर्वाचनमा १० पालिकाको मतगणना सम्पन्न भएको छ । १० पालिकाको नतिजा आउँदा एमाले अग्रस्थानमा छ भने कांग्रेसले एमालेलाई पछ्याएको छ ।
१० स्थानीय तहमध्ये एमालेले ५ गाउँपालिकाको प्रमुख जितेको छ भने कांग्रेसले ३ गाउँपालिका प्रमुखमा जित निकालेको छ ।
एमालेले मनाङको ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकामा जितेको छ । त्यसैगरी, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले जित निकालेको हो ।
त्यसैगरी, कांग्रेसले मनाङ, मुस्ताङ र डोल्पामा एक एक गाउँपालिका प्रमुख जितेको छ । डोल्पाको नार्पा भूमी गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नासोँ गाउँपालिका प्रमुख कांग्रेसले जितेको हो ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले डोल्पामा दुई गाउँपालिकामा जितेको छ । डोल्पाको काइके र छार्का ताङसोङ गाउँपालिकामा एकीकृत समाजवादीले जित निकालेको हो ।
अहिलेसम्म माओवादी केन्द्रले भने कुनै पनि स्थानीय तहको प्रमुखमा जित निकालेको छैन् । वडाहरूमा भने माओवादी केन्द्रले जित निकालेको छ ।
एमाले
ङिस्याङ गाउँपालिका, मनाङ
चामे गाउँपालिका, मनाङ
शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा
लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कांग्रेस
नार्पा भूमी गाउँपालिका, डोल्पा
घरपझोङ गाउँपालिका, मुस्ताङ
नासोँ गाउँपालिका, मनाङ
एकीकृत समाजवादी
काइके, गाउँपालिका, डोल्पा
छार्का ताङसोङ गाउँपालिका, डोल्पा
प्रतिक्रिया लेख्नुहोस्:-