पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । लालचनले एमालेका उम्मेदवार सन्जयकुमार थकालीलाई २ मतले हराएका हुन् । लालचनले ७६० मत पाउँदा थकालीले ७५८ मत पाए ।

उपाध्यक्षमा पनि कांग्रेसकी जमुना थकाली विजयी भइन् । थकालीले ६९३ मत पाउँदा एमालेकी भीमकुमारी शेरचनले ६१८ मत पाएकी छिन् । वडाध्यक्षहरुमा कांग्रेसले ३ र एमालेले २ वडा जितेको छ । कांग्रेसले २ वटामा सर्वसम्मत जितेको हो भने एउटामा प्यानल सहित निर्वाचित भएको छ ।
एमालेले एउटामा सर्वसम्मत र एउटामा प्यानल जितेको हो । यसअघि घरपझोङको अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-