लमजुङ — हिमाली जिल्ला मनाङको नासों गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । वडा नं। १ देखि ७ सम्मको गणना सकिँदा अध्यक्षका उम्मेदवार कांग्रेसका धनबहादुर गुरुङले ५ सय ७८ मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ५ सय ३ मत ल्याएका छन् ।

गठबन्धन उम्मेदवार माओवादी केन्द्रका बेदबहादुर गुरुङले उपाध्यक्षमा ६ सय ७५ मत ल्याएका छन् । एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ३ सय ५२ मत ल्याएका छन् ।
वडा नं १ मा एमालेका मिनराशी गुरुङ १६४ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङ ६७ मत ल्याएका छन् । वडा नं। २ मा एमालेका रवि गुरुङ १०० मत ल्याएर विजयी भएका छन् । कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन् । वडा नं ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन् । एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन् ।
वडा नं ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ यसअघि नै निर्विरोध, वडा नं। ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।
वडा नं ८ को गणना भइरहेको छ । वडा नं ९ को गणना बाँकी छ । मनाङको सवैभन्दा तल्लो क्षेत्र नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-