पोखरा । कास्कीमा मा करिब ६५५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी रद्रनाथ न्यौपानेले जानकारी दिएका छन् । २ लाख ६४ हजार ४ सय ५६ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका हुन् ।
अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेका हुन् ।
अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-