निर्वाचन आयोगमा दिउसो २ बजेसम्म प्राप्त तथ्यांकअनुसार, ४१ प्रतिशत मतदान भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। केही स्थानमा छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए।
आज बिहान ७ बजेदेखि देशभरका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।
कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मात्रै मतदान पछि सारिएको छ। दुवै स्थानमा उम्मेदवारको मृत्यु भएपछि मतदान ३ जेठमा सारिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-