आँबुखैरेनी, ३० वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकामा अर्कैको नाममा मतदान गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता मावि सत्रसय मतदान केन्द्रमा अर्कैको नाममा मतदान गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख निरज डाँगीले जानकारी दिए । पक्राउ पर्नेको नाम प्रहरीले खुलाइसकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्:-