पोखरा २५ बैशाख । पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले २२ सय भन्दा धेरै मत ल्याएर आफुले विजयी हासिल गर्ने दावी गरेको छन् ।
उनले काँग्रेस र एमालेलाई ७ सय मतको अन्तर पार्दै आफ्नो प्यानलले जित्ने दावी गरेको हुन । आफुसंग वडा विकासको लागि योजना र जनताको समर्थन भएको तिमिल्सनाले बताए ।
गाउँ गाउँमा सिहदरको अनुभव हुने गरेर काम गर्ने उनले सुनाए । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहिन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको सुनाए ।
पर्यटन व्यसायीमा रहेको समस्याको समाधान गर्ने, खानेपानीको समस्या, कृषी सडक, वडामा रहेका ठाडा र तेर्साबाटो निर्माण गर्ने, फेवाताल संग जोडिएको समस्यालाई समाधान गर्ने उनको घोषापत्रमा रहेको जानकारी दिदै घोषणपत्रलाई पुर्ण रुपमा कार्यान्यनमा लैजाने जानकारी दिए । आफ्नो योजना पुरा गर्नको लागि सम्पुर्ण वडाबासीले आफुलाई मतदान गर्न आग्रह गरे ।
माओवादी केन्द्र पोखरा १८ का निर्वाचन कमिटिको संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको जित निश्चन भएको भन्दै सामाजमा रहेका माओवादीमा आस्था राख्नेले खुलेर समर्थन गरेको जानकारी दिए । ‘२०६४ सालका माओवादी पुन माओवादीमा खुल्न थालेको भन्दै दिन प्रतिदिन माओवादी केन्द्रको माहोल बढ्दै गएको छ,‘उनले भने,‘ पोखरा १८ का जनताले पनि माओवादी चाहेको छन् ।
अहिलेको उम्मेदवारले जनताको दुःख र भुगोल राम्रोसंग बुझेको कारण जताले मागोको जस्तो उम्मेदवार पाएको तिमिल्सिनाले जनाए ।
माओवादी केन्द्र पोखरा १८ पार्टी अध्यक्ष पुर्णखर तिमिल्सिना प्रचार प्रसार अभियान १० औ दिनमा पुगेको भन्दै माओवादी केन्द्रको जितको निश्चत भएको दावी गरे । अभियान १० औ दिनमा पुग्दा माओवादी केन्द्रको आकर्षण बढ्दै गएको सुनाए ।
पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा साहारा नेपाली, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-