पोखरा । न्यु सुर्योदय युवा परीवार तथा जनप्रिय आमा समुह हरीनास २ प्यार्सिङ द्धारा आयोजित प्रथम क्या लोकवहादुर थापा स्मृति तथा छैटौ प्यार्सिङ कप भलिवल प्रतियोगिताको उपाधि विरुवा ६ धरादीले जितेको छ ।

फाईनल खेलमा धरादीले अफिसियल टीमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसगै धरादीले ६० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो भने अफिसियल टीम दृतिय ,दिव्यदृष्टी युवा क्लव सिरीनडाडा तृतीय र सुनगाभा युवा क्लव गुर्जाले सान्त्वना स्थान हासिल गरेको छ ।
दृतीय ,तृतीय र सान्त्वना बन्न सफल टीमले क्रमश ४० हजार ,२० हजार र १० हजार सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक अन्तर्राष्ट्रिय भलिवल खेलाडी तथा रेफ्री टहलसिंङ थापाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी हरीनास गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष पदका उमेदवार खिम नारायण मानन्धर ,उपाध्यक्ष पदका उमेदवार इन्द्र राना थापा ,वडा न २ का उमेदवार पर्शुराम सिग्देल ,वडा नं ३ का उमेदवार ओम प्रकाश सिग्देल लगायतले बोलेका थिए भने स्व.लोक वहादुरका पिता मन बहादुर थापा माता जुकु माया थापा साथै अतिथीहरुले विजयीलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-